
एक महिला एक अपरिचित साथीसँग पहिलो पटक डेटिङ गएकी थिइन् ।
भेट्नका लागि ती पुरुषको घर गएकै बेला त्यहाँ लकडाउन लगाइयो । त्यसपछिका दिनहरूमा उनी त्यहीँ फसिन् ।
यो घटना चीनको झेंगझौ शहरको हो ।
वांग नामक एक महिला अघिल्लो बुधवार एक अपरिचित पुरुषसँग मिल्न उनको घर गएकी थिइन् ।
त्यही दिन त्यहाँ लकडाउन जारी भयो । लकडाउन पछि महिला त्यहीँ बस्न बाध्य भइन् ।
वांगले मंगलवार शंघाईको द पेपरलार्य बताएकी छिन्, जब झेंगझौमा पुगेँ त्यहाँ अचानक लकडाउन लाग्यो । कोही पनि कतै जानका लागि अनुमति थिएन । त्यसपछि त्यहीँ बस्नुपर्यो ।
वांगले ती पुरुषको घरमा उनले स्किल्स स्किल्स देखाएको बताएकी छिन् ।