२८ जेठ २०८३, बिहीबार

यसरी बनाउनुस् स्वादिलो बदाम चाट !

माघ ३, २०७८
यसरी बनाउनुस् स्वादिलो बदाम चाट !

जाडोमा भुटेको बदाम खान मज्जा आउँछ । त्यसलाई अझ चाट बनाएर खान पाए त स्वादै बेग्लै । हामी तपाईंलाई बदाम चाट बनाउन सिकाउँछौं ।

सामग्री

बदाम तीन कप

प्याज मसिनो गरी काटिएको एक

गोलभेंडा मसिनो गरी काटिएको एक

हरियो खुर्सानी मसिनो गरी काटिएको एक

जीराको धूलो एक सानो चम्चा

चाट मसला एक चुट्की

कागती रस एक ठूलो चम्चा

हरियो धनियाँ काटेको अलिकति

विधि

बदाम सफा गरेर कूकरमा पाँच कप पानीका साथ राख्नुस् । 

त्यसमा बेसार र नून हालेर मध्यम आगोमा पाँच सिट्ठी नआउन्जेल उमाल्नुस् । 

बदामलाई छानेर बाउलमा राख्नुस् । 

त्यसमा जिरा मिसाउनुस् । 

अब त्यसमा प्याज, गोलभेंडा र हरियो खुर्सानी राख्नुस् । 

अब स्वादअनुसार नून र कागतीको रस मिसाउनुस् । 

तपाईंको बदाम चाट तयार भयो । 

अब माथिबाट धनियाँले सजाएर पस्किनुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्