
रूपन्देहीको बुटवल उपमहानगर ११ प्रगतिनगरमा ढिस्कोले पुरिदा २ जनाको मृत्यु भएको छ ।
तिनाउ नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा एक्कासी ढिस्को खस्दा २ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बुटवल ११ का ३२ वर्षका गणेश थापा र ३५ शिव थापा रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।
घटनामा परी घाइते भएका केशव पुरी, अशोक गाहा र अर्को एक जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।