१२ असार २०८३, शुक्रबार

जातीय विभेदमा आधारित ‘समानता जुटौँ’ सार्वजनिक

जातीय विभेदमा आधारित ‘समानता जुटौँ’ सार्वजनिक

पत्रकार तथा सामाजिक अभियानकर्मी राजु रसालीको शब्द रचना रहेको ‘समानता जुटौँ’ नामक लोकगीत सार्वजनिक भएको छ ।

जातीय भेदभाव तथा छुवाछूतमा आधारित जनचेतनामूलक सो गीतमा वरिष्ठ गायक राजु परियारको आवाज रहेको छ । “गीतले विगत लामो समयदेखि नेपाली समाजमा विद्यमान रहेको जातीय छुवाछूत र भेदभाव हटाई सामाजिक न्यायको स्थापना गर्नका लागि अब सबै जना एकजुट हुनुपर्ने, समानताको पक्षमा दलित सबै उठ्नुपर्ने सन्देश दिएको छ”, पत्रकार रसालीले बताए ।

गीतमा सङ्गीत तथा एरेन्ज लोकगायक तथा सङ्गीतकार पदम बिसीको रहेको छ ।

समानतामा जुटौँ भन्ने भाव बोकेको यस गीतले खास गरेर पछिल्लो समयमा नेपालमा भएको राजनीतिक र सामाजिक परिवर्तनले पनि दलित समुदायको राज्यका सबै क्षेत्रमा समान पहुँच हुन नसकेको कुरा उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्