जेठ १३, २०७९
यही जेठ १५ गते सदनमा प्रस्तुत गर्ने बजेटलाई अर्थ मन्त्रालयले अन्तिम रूप दिइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार सदनमा प्रस्तुत गर्ने बजेट वक्तव्यलाई आजै अन्तिम रूप दिएर भोलि (शनिवार) छपाइमा पठाइँदैछ । आगा...
काठमाडाैं | माघ ७, २०७८
सिभिल बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नै उल्लेख्य नाफा आर्जन गरेको छ ।
शुक्रबारसम्म जारी २३ वाणिज्य बैंकहरूको वित्तीय विवरण अनुसार साउनदेखि पुससम्मको तथ्यांकमा सिभिल बैंकको नाफा वृद्धि प्रतिशत अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी देखिएको छ ।
सिभिल बैंकले ६ महिनामा गरेको नाफा ५० करोड ४० लाख रुपैयाँ छ । यसको नाफा गत वर्षको सोही अवधिमा २० करोड २८ लाख रुपैयाँ मात्रै रहेको थियो ।
तथ्यांक अनुसार सिभिल बैंकले गरेको यस्तो नाफा चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन अनुसार १४८.५२ प्रतिशतले बढेको देखिएको छ ।
सिभिल बैंकका अनुसार यस्तो नाफा बढ्नुको प्रमुख कारण बैंकको लगानी विस्तारसँगै सफल रणनीति नै हो । सिभिलका अनुसार पछिल्लो समय यसले लिएको लक्ष्य र उद्देश्य अनुसार प्रगति गरेकोले अपेक्षाअनुसार नै बैंकले नाफा कमाएको हो ।
सबै वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन १५ गतेभित्रै सार्वजनिक गर्नुपर्छ । सो अनुसार शुक्रबार नै २३ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक भएको छ ।
वित्तीय विवरण सार्वजनिक गर्न बाँकी हिमालयन, सनराइज, एनएमबी र नेपाल बैंक छन् ।
बैंकहरूको अर्धवार्षिक वित्तीय विवरण अनुसार सिद्धार्थ बैंकको नाफा ७१.६८ प्रतिशतले बढेको छ भने नेपाल एसबीआई बैंकको ५२.०४ प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई
चालू आवको पहिलो अर्धवार्षिक प्रतिवेदन अनुसार सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई रहेको छ । यो बैंकले यस अवधिमा २ खर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ । बढी नाफा कमाउने दोस्रो बैंक एनआईसी एसिया रहेको छ । उसले यो अवधिमा २ अर्ब ४० करोड कमाएको छ ।
सबैभन्दा बढी नाफा कमाएर बर्सेनि पहिलो नम्बरमा आउने नबिल बैंक भने अहिलेसम्मको तथ्यांकमा तेस्रो नम्बरमा परेको छ । यो बैंकले गरेको यस अवधिमसम्मको नाफा २ अर्ब १८ करोड रहेको पनि तथ्यांकले देखाएको छ ।
६ महिनामा ग्लोबल आइएमई र एनआईसी एसियाले १६ र १५ प्रतिशतले नाफा बढाउन सकेका छन भने नबिलको ९.७६ प्रतिशतले मात्रै बढेको छ ।
अर्ध वार्षिक प्रतिवेदन अनुसार एक अर्बभन्दा बढी नाफा कमाउनेमा भने १४ वटा बैंक छन् । यी बैंकहरूमध्ये माछापुच्छ्रे बैंकको १ अर्ब १ करोड छ ।
सो भन्दा बढी साढे २ अर्ब कम नाफा कमाउनेमा सानिमा, स्ट्यान्डर्ड चार्टर, सिटिजन, प्रभु, मेगा, कृषि विकास, सिद्धार्थ, प्राइम र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
५ बैंकको नाफा घट्यो
१८ वटा बैंकले नाफा कमाइरहँदा ५ वाणिज्य बैंकको नाफा भने घटेको छ । यो अवधिसम्ममा नाफा घटेको बैंकहरूमा कुमारीको सबैभन्दा बढी २१.७७ प्रतिशत छ । त्यसपछि प्रभुको १६.९० प्रतिशत, नेपाल बंगलादेशको १३.७८, एभरेष्टको १२.७९ र प्राइमको ७.४३ प्रतिशतले नाफा घटेको छ ।
समग्रमा वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूको नाफा भने ११.६५ प्रतिशतले बढेको छ । यी बैंकहरूले ६ महिनामा २९ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
यी बैंकहरूको यस्तो नाफा गत वर्षको सोही अवधिमा २६ अर्ब ५० करोड रहेको पनि सम्बन्धित बैंकहरूले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।
वाणिज्य बैंकहरूको ६ महिनाको नाफा, कसको कति कति ? (रु. लाखमा)
यही जेठ १५ गते सदनमा प्रस्तुत गर्ने बजेटलाई अर्थ मन्त्रालयले अन्तिम रूप दिइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार सदनमा प्रस्तुत गर्ने बजेट वक्तव्यलाई आजै अन्तिम रूप दिएर भोलि (शनिवार) छपाइमा पठाइँदैछ । आगा...
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले निजी प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन सरकारसँग माग गरेको छ । शुक्रवार नाडा प्रर्सपेक्टिभ अन करेन्ट सेनारियो– रेस्ट्रि...
सरकारले सञ्चालन गरेका विभिन्न क्षेत्रका ४४ वटा सार्वजनिक संस्थानमध्ये १९ वटा घाटामा सञ्चालित भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा जम्मा २२ वटा संस्थान मात्रै नाफामा रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको संस्थानहरूको वा...
चालू आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्रको वृद्धिदर सामान्य रूपमा सुधार भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा पेश गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार, यस वर्ष नेपाल...
सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले शुक्रवारको संसदको बैठकमा १० जेठको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा कर घटाउने प्रस्तावला...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...