०७ साउन २०८३, बिहीबार

सिभिल बैंकको नाफामा छलाङ, नबिल तेस्रोमा पुग्दा कसले कति कमाए ? [सूचीसहित]

माघ ७, २०७८
सिभिल बैंकको नाफामा छलाङ, नबिल तेस्रोमा पुग्दा कसले कति कमाए ? [सूचीसहित]

सिभिल बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नै उल्लेख्य नाफा आर्जन गरेको  छ । 

शुक्रबारसम्म जारी २३ वाणिज्य बैंकहरूको वित्तीय विवरण अनुसार साउनदेखि पुससम्मको तथ्यांकमा सिभिल बैंकको नाफा वृद्धि प्रतिशत अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी देखिएको छ । 

सिभिल बैंकले ६ महिनामा गरेको नाफा ५० करोड ४० लाख रुपैयाँ छ । यसको नाफा गत वर्षको सोही अवधिमा २० करोड २८ लाख रुपैयाँ मात्रै रहेको थियो ।

तथ्यांक अनुसार सिभिल बैंकले गरेको यस्तो नाफा चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन अनुसार १४८.५२ प्रतिशतले बढेको देखिएको छ ।

सिभिल बैंकका अनुसार यस्तो नाफा बढ्नुको प्रमुख कारण बैंकको लगानी विस्तारसँगै सफल रणनीति नै हो । सिभिलका अनुसार पछिल्लो समय यसले लिएको लक्ष्य र उद्देश्य अनुसार प्रगति गरेकोले अपेक्षाअनुसार नै बैंकले नाफा कमाएको हो ।

सबै वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन १५ गतेभित्रै सार्वजनिक गर्नुपर्छ । सो अनुसार शुक्रबार नै २३ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक भएको छ ।

वित्तीय विवरण सार्वजनिक गर्न बाँकी हिमालयन, सनराइज, एनएमबी र नेपाल बैंक छन् ।

बैंकहरूको अर्धवार्षिक वित्तीय विवरण अनुसार सिद्धार्थ बैंकको नाफा ७१.६८ प्रतिशतले बढेको छ भने नेपाल एसबीआई बैंकको ५२.०४ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई

चालू आवको पहिलो अर्धवार्षिक प्रतिवेदन अनुसार सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई रहेको छ । यो बैंकले यस अवधिमा २ खर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ । बढी नाफा कमाउने दोस्रो बैंक एनआईसी एसिया रहेको छ । उसले यो अवधिमा २ अर्ब ४० करोड कमाएको छ । 

सबैभन्दा बढी नाफा कमाएर बर्सेनि पहिलो नम्बरमा आउने नबिल बैंक भने अहिलेसम्मको तथ्यांकमा तेस्रो नम्बरमा परेको छ । यो बैंकले गरेको यस अवधिमसम्मको नाफा २ अर्ब १८ करोड रहेको पनि तथ्यांकले देखाएको छ ।

६ महिनामा ग्लोबल आइएमई र एनआईसी एसियाले १६ र १५ प्रतिशतले नाफा बढाउन सकेका छन भने नबिलको ९.७६ प्रतिशतले मात्रै बढेको छ । 

अर्ध वार्षिक प्रतिवेदन अनुसार एक अर्बभन्दा बढी नाफा कमाउनेमा भने १४ वटा बैंक छन् । यी बैंकहरूमध्ये माछापुच्छ्रे बैंकको १ अर्ब १ करोड छ ।

सो भन्दा बढी साढे २ अर्ब कम नाफा कमाउनेमा सानिमा, स्ट्यान्डर्ड चार्टर, सिटिजन, प्रभु, मेगा, कृषि विकास, सिद्धार्थ, प्राइम र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । 

५ बैंकको नाफा घट्यो

१८ वटा बैंकले नाफा कमाइरहँदा ५ वाणिज्य बैंकको नाफा भने घटेको छ । यो अवधिसम्ममा नाफा घटेको बैंकहरूमा कुमारीको सबैभन्दा बढी २१.७७ प्रतिशत छ । त्यसपछि प्रभुको १६.९० प्रतिशत, नेपाल बंगलादेशको १३.७८, एभरेष्टको १२.७९ र प्राइमको ७.४३ प्रतिशतले नाफा घटेको छ । 

समग्रमा वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूको नाफा भने ११.६५ प्रतिशतले बढेको छ । यी बैंकहरूले ६ महिनामा २९ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । 

यी बैंकहरूको यस्तो नाफा गत वर्षको सोही अवधिमा २६ अर्ब ५० करोड रहेको पनि सम्बन्धित बैंकहरूले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ । 

वाणिज्य बैंकहरूको ६ महिनाको नाफा, कसको कति कति ? (रु. लाखमा)

salt training

कमेन्ट गर्नुहोस्