१६ असार २०८३, मंगलबार
प्रशासनको आत्मघाती कदम

जोरबिजोरको उल्टो प्रभाव : सार्वजनिक सवारीमा थामिनसक्नु भीड [भिडियो रिपोर्ट]

माघ १३, २०७८

कोरोना महामारी नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासनले गत सातादेखि काठमाडौं उपत्यकामा लागू गरेको जोरबिजोर प्रणालीको प्रभावकारितामा प्रश्न उठेको छ ।

आधाआधी मात्र सवारी साधन चल्दा सडकमा सवारीको चाप निकै कम छ, तर सार्वजनिक सवारीमा त्यसको उल्टो प्रभाव परेको छ ।

सरकारले भीडभाड कम गर्न भन्दै जोरबिजोर लागू गरे पनि सार्वजनिक सवारीमा थामिनसक्नु भीड छ ।

'गाडी कम भएर झन् भीडभाड बढेको छ । कोरोना नियन्त्रणका लागि भनेर लागू गरिएको जोरबिजोरले भीडभाड मात्र बढायो,' सार्वजनिक सवारी कुरेर नेपाल वायु सेवा निगमको कार्यालय अगाडि बसिरहेका प्रकाश थापाले भने ।

अर्का यात्रु विवेकानन्द चौधरीले पनि जोरबिजोरले सार्वजनिक सवारीमा भीडभाड बढाएको बताए ।

'हामीलाई त जसरी पनि गन्तव्यमा पुग्नैपर्छ । गाडी छैन । आएको गाडीमा खुट्टा टेक्ने ठाउँ नै हुँदैन । यसरी त कसरी कोरोना रोकथाम होला र ?' चौधरीले प्रश्न गरे ।

जिल्ला प्रशासनहरूले कोरोना महामारी नियन्त्रणका लागि भन्दै लागू गरेको जोरबिजोर सार्वजनिक सवारीमा यात्रुका लागि झनै कष्टकर बनिरहेको छ ।

हेर्नुहोस्,भिडियो रिपोर्ट :-

salt training

कमेन्ट गर्नुहोस्