०६ असार २०८३, शनिबार

उर्फीले शेयर गरिन् प्री-वेडिङका तस्वीर, विवाह कहिले ?

माघ १५, २०७८
उर्फीले शेयर गरिन् प्री-वेडिङका तस्वीर, विवाह कहिले ?

बिग बोस ओटीटीकी प्रतियोगी उर्फी जावेद यतिबेला लगातार चर्चामा छिन् । ‘बिग बोस’ पछि उर्फी निकै लोकप्रिय भएकी छन् । उर्फी प्रायः आफ्नो बोल्ड तस्वीर र भिडियोका कारण चर्चामा हुन्छिन् । 

योसँगै उनको हरेक फेसन इन्टरनेटमा भाइरल हुन्छ । तर, धेरै पटक उनको लुगा र फेसन देखेर फ्यानको टाउको घुम्छ । जसका कारण उनी चर्को ट्रोल पनि भएका छिन् ।

तर, अहिले भने उनका फ्यानहरूको मन टुटेको छ । उनको प्री-वेडिङका तस्वीरहरू इन्टरनेटमा तीब्र रुपमा भाइरल भइरहेका छन् । 

उर्फी जावेदले आफ्नो अफिसियल इन्स्टाग्राम स्टोरीमा आफ्नो एक व्यक्तिसँगको तस्वीर शेयर गरेकी छन् । तस्वीरसँगै उर्फी लेखेकी छन्-  ‘प्रि-वेडिङ शूट’।  

के साँच्चै उर्फीले विवाह गर्न लागेकी हुन् त ? अहँ त्यसो होइन । उर्फीले शेयर गरेको ‘प्रि-वेडिङ शुट’ को तस्वीर उनको नयाँ गीतको सुटिङको क्रममा खिचिएको हो । यो तस्वीरमा उनीसँगै रहेका गायक कुँवर हुन् । दुवैले माइनस डिग्री सेल्सियस तापक्रममा हिउँ परेको ठाउँमा आफ्नो नयाँ प्रोजेक्टको सुटिङ गरिरहेका छन् ।

उर्फीले इन्स्टाग्राममा गायक कुँवरसँगको एउटा भिडियो पनि शेयर गरेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्