०६ असार २०८३, शनिबार

यी हुन् बेलायतकी टेनिस खेलाडी राडुकानुलाई सताउने अमृत मगर, दोषी ठहर

माघ १६, २०७८
यी हुन् बेलायतकी टेनिस खेलाडी राडुकानुलाई सताउने अमृत मगर, दोषी ठहर

बेलायतकी पहिलो दर्जाकी टेनिस खेलाडी एम्मा राडुकानुलाई सताउने व्यक्ति अमृत मगरलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । 

एजवेयरका मगरलाई शुक्रवार ब्रोम्ली मजिस्ट्रेट अदालतले दोषी ठहर गरेको हो । उनलाई पछि सजायको घोषणा गरिनेछ । 

दक्षिणी लन्डनमा रहेको राडुकानुको घरमा रहेको सीसीटीभी क्यामरामा मगरको अनुहार क्याप्चर भएको थियो । उनको घरमा मगरले नोट र कार्डहरू छोडेका थिए ।

राडुकानुले मगरका कारण आफूलाई घरबाहिर निस्कन समेत डर लागेको भनी अदालतसमक्ष बयान दिएकी थिइन्ु । 

‘मेरो स्वतन्त्रता हरण गरेको जस्तो अनुभव भइरहेको छ । म घरिघरि पछाडि फर्केर हेर्छु । म जतिखेर पनि तर्सिन्छु र फेरि ममाथि केही होला भनी गम्छु । आफ्नै घरमा समेत म असुरक्षित अनुभव गर्छु,’ उनले भनिन् । 

मगर राडुकानुको घरमा गत डिसेम्बर महिनामा पटकपटक पुगेका थिए । 

पहिलापहिला अमेजनको ट्रक चलाउने गरेका मगरले आफू २३ माइल हिँडेर राडुकानुको घर आइपुगेको भनी नोटमा लेखेका थिए । 

अर्को नोटमा उनले तिमीलाई मायाको खाँचो छ लेखेका थिए । 

राडुकानु साबिक यूएस ओपन च्याम्पियन हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्