
फेसबुक एउटा यस्तो माध्यम हो जहाँ विश्वभरका मानिसहरूले एकअर्कासँग आफ्ना विचार शेयर गर्छन् । संसारको जुनसुकै कुनामा बसेर आफ्नो राय दिन सक्छन् ।
जसरी मानिसहरूमा फेसबुकको प्रयोग बढ्दै गएको छ, त्यसलाई ध्यानमा राख्दै फेसबुकले पनि आफ्नो नियममा कडाइ गरेको छ । यी नियमहरू यति कडा छन् कि प्रयोगकर्ताको अलिकति लापरवाहीले उसलाई ठूलो समस्यामा पार्न सक्छ । यस्तो अवस्थामा तपाईं पनि फेसबुकको नियमित प्रयोगकर्ता हुनुहुन्छ भने अब होसियार हुन जरुरी छ । अन्यथा, सानो गल्तीले तपाईंको खाता ब्लक हुन सक्छ वा फेसबुकले तपाईंको आईडी केही दिनका लागि बन्द गर्न सक्छ ।
यसैक्रममा एक महिलाको सानो गल्तीका कारण उनलाई फेसबुकले एक महिनाका लागि प्रतिबन्ध लगाएको घटना सार्वजनिक भएको छ ।
फेसबुकले यी महिलालाई किन प्रतिबन्ध लगाएको कारण थाहा पाउँदा तपाईं छक्क मात्रै होइन हाँस्नु पनि हुनेछ ।
वास्तवमा क्लेयर शार्प नामकी महिलाले आफ्नो एउटा तस्वीर फेसबुकमा शेयर गरेकी थिइन् ।
30 day ban from Facebook for likening myself to a potato. 🙈 pic.twitter.com/jvOWhbqlQl
— Claire Sharp (@SpinoniSharp) January 28, 2022
यो तस्वीरमा कमेन्ट गर्दै महिलाले आफूलाई आलुसँग तुलना गरिन् । यसपछि फेसबुकले उनलाई एक महिनाको लागि प्रतिबन्ध लगाएको छ । तर, यो कारण निकै अचम्मको छ ।
वास्तवमा, जब क्लेयरले आफ्नो तस्वीरमा आफूलाई आलु जस्तो देखिने बारे लेखिन्, फेसबुकले अनुमान लगायो कि उनले कसैको मजाक उडाइरहेकी छन् ।

यसपछि क्लेयरले फेसबुकलाई प्रतिबन्धको कारण बताउन अनुरोध गरिन् । फेसबुकले क्लेयरलाई दिएको जवाफको स्क्रिनसट उनले आफ्नो ट्विटर अकाउन्टमा शेयर गरेकी छन् ।
क्लेयरले फेसबुकलाई आफ्नो स्पष्टीकरणमा आफूले आफ्नो तस्वीरमा मात्र टिप्पणी गरेको बताएकी छन् । वास्तवमा उनले लगाएको लुगाका कारण उनी आलु जस्तै देखिन्थिन् । कसैको मन दुख्ने खालको कुरा उनले कसैलाई भनेकी थिइन् ।
अब फेसबुकको नयाँ नियम यति कडा बनेको छ कि फेसबुकले आफ्ना प्रत्येक प्रयोगकर्ताको कमेन्टदेखि पोस्टसम्मको नजर राख्ने गर्छ ।