१५ असार २०८३, सोमबार

फुल्चाेकीमा हिउँमा हेलिएकाहरू [फाेटाे फिचर]

माघ २१, २०७८
फुल्चाेकीमा हिउँमा हेलिएकाहरू [फाेटाे फिचर]

ललितपुरको गोदावरी नगरपालिका स्थित फुलचोकी डाँडामा आज [शुक्रवार] हिउँ परे पछि दिनभरि मानिसहरू हिउँ खेल्न पुगेका थिए।

आज दिन भरि पानी परे पनि हिउँको मनोरञ्जन लिनका लागि काठमाडौं उपत्यकाबाट मानिसहरू फुलचोकी डाँडा पुगेका थिए।

गोदावरी पुग्ने वित्तिकै माथि डाँडासम्म ८ किलोमिटर हिडेर नै जानु पर्ने बाध्यताका बीच मानिसहरू त्यहाँ पुगेका थिए ।

गोदावरी डाँडामा जानका लागि काठमाडौंबाट मानिसहरू आ-आफ्नो सवारी साधन लिएर गए पनि गोदावरी पुग्ने वित्तिकै माथि डाँडामा जान नसकोस् भन्ने उद्देश्यले डोजर बीच बाटोमै राखेर अवरोध गरिएको थियो।

सवारी साधन त्यहीं पार्क गरेर मानिसहरू माथि डाँडा चढ्ने गरेका थिए।

करिब ८ किलोमिटरसम्म बाटो निर्माण नभएको अवस्थामा निर्माणाधीन बाटोमा सवारी साधन जानाले झन् बाटो बिग्रिने डरले सवारी साधनलाई माथि जान दिईएको थिएन।

पानी परेको अवस्थामा समेत सयौं युवा युवतीहरू हिउँ खेल्नका लागि बिहान देखि नै घुइँचो लागेको थियो।

बिहान गएका मानिसहरू माथि फुलचोकी डाँडासम्म नै पुगेर हिउँ नै हिउँ परेको स्थानमा खेल्न भ्याएका थिए। तर ढिलो गरी जाने मानिसहरू भने बीच बाटोमा नै सडक छेउमा खसेको हिउँ खेलेर फर्किन बाध्य देखिएका थिए।

बाटो भरि जंगलको रुखमा हिउँ जमेका थिए भने सडकमा समेत खसेको ती हिउँ पग्लिएर बाटो हिलाम्य र हिममय बनेको थियो।

 

हिउँ खेल्न जाने मध्ये अधिकांश युवा युवतीहरू देखिएका थिए। हिउँ हातमा लिएर, एक अर्काको जिउमा समेत हिउँ  फालाफाल गरेर युवा युवतीहरूले आनन्द लिएका थिए।

सबै जनाले हिउँ सहितको सेल्फी फोटो देखि सामूहिक फोटो खिचाउने दृश्य देखिएको थियो। त्यहाँ पुग्ने जो कोही पनि प्रकृतिले दिएको उक्त मनोरञ्जनात्मक दृश्यको साक्षी बनेर रमाइरहेका थिए।

salt training

कमेन्ट गर्नुहोस्