१४ असार २०८३, आइतबार

शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनुपर्छः मन्त्री पौडेल

शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनुपर्छः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षक मैत्री हुनपर्ने बताएका छन् ।  शिक्षक सेवा आयोगको २३औं स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
शिक्षकहरुको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको बताउँदै मन्त्री पौडेलले कतव्र्य निर्वाहमा कुनै कसर बाँकी नराख्न आग्रह गरे ।

“शिक्षक, व्यवस्थापन समिति, अभिभावक बढी राजनीतिज्ञ हुँदा सार्वजनिक शिक्षा नसुध्रेको म्यासेज छ,” उनले भने,“शिक्षक सम्मानित पेशा हो यसलाई दिगो बनाइ राख्न शिक्षक नयाँ प्रविधिसँग अपडेट हुनपर्यो ।”
उनले शिक्षक सेवा आयोग, शिक्षक महासंघ र मन्त्रालयको सम्बन्ध शरीरको मांसपेशी जस्तै भएकाले सार्वजनिक शिक्षा सुधारका लागि तीन निकायको उतिकै भूमिका रहनेमा जोड दिए ।  शिक्षक सेवा आयोगले शिक्षक दरबन्दी, शिक्षकको आन्तरिक बढुवाको प्रक्रिया अगाडि बढाएको भन्दै अध्यापन अनुमति पत्रको विज्ञापन पनि चाँडै खोल्न निर्देशन दिए ।

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को विज्ञापन प्रक्रिया अगाडी बढाउन विलम्ब गर्न नहुने भन्दै कानुनी अप्ठयारा भए छलफल गरी निकास निकाल्ने बताए ।
यस्तै, राज्यमन्त्री बोधकुमारीमाया यादवले तीनै तहको विज्ञापन र आन्तरिक बढुवाको प्रक्रिया अघि बढेकोमा खुसी व्यक्त गरिन् ।

विगतका कमिकमजोरीलाई सच्याउँदै जानुपर्ने बताउँदै उनले आयोगलाई थप उत्कृष्ट बनाउन कर्मचारीसँग सहकार्य गरी अघि बढ्ने बताइन् ।  
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सचिव यादवप्रसाद कोइरालाले शिक्षकहरुलाई आफ्नो जिम्मेवारीप्रति बफदार हुनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्