०८ असार २०८३, सोमबार

मंगल ग्रहमा देखियो पल्टिरहेको गुलाबी एलियन, यूएफओ विशेषज्ञले गरे चकित पार्ने दाबी

माघ २६, २०७८
मंगल ग्रहमा देखियो पल्टिरहेको गुलाबी एलियन, यूएफओ विशेषज्ञले गरे चकित पार्ने दाबी

वैज्ञानिकहरूले लामो समयदेखि मंगल ग्रहमा जीवन खोजिरहेका छन् । नासाले रातो ग्रहको अनुसन्धान गर्न क्युरियोसिटी रोभर पठाएको छ । 

अमेरिकी अन्तरिक्ष एजेन्सीको यो रोभरले मंगल ग्रहबाट हरेक दिन फोटो र नयाँ जानकारी पठाउने गर्छ ।

यसैबीच, एक यूएफओ विशेषज्ञले यी तस्वीरहरूको बारेमा एक आश्चर्यजनक दाबी गरेका छन् ।

नासाको रोभरले पठाएको तस्वीरमा एलियन देखिएको यूएफओ विज्ञको दाबी छ । यूएफओ विशेषज्ञ स्कट सी वारिङले विगतमा पनि एलियनको बारेमा धेरै दाबी गरेका छन् । 

नासाको रोभरले मंगल ग्रहबाट धेरै तस्वीर पठाएको छ । स्कट सी वारिङ भन्छन् कि यी तस्वीरहरूमध्ये एकमा एलियन देखिएको छ । 

मंगल ग्रहमा शतप्रतिशत जीवन रहेको उनको दाबी छ । पृथ्वीभन्दा मंगल ग्रहमा धेरै बौद्धिक प्राणी रहेको उनले दाबीसमेत गरेका छन् ।

यूएफओ विशेषज्ञ स्कट सी वारिङले यी फोटोहरूमा केही स्थानहरू पहिचान गरेका छन् । उनले तस्वीरमा एलियन पल्टिएको देखिएको बताएका छन् । एलियनले मार्स रोभरलाई हेरिरहेको उनको दाबी छ । 

उनले गुलाबी रंगको एलियन एक फिट अग्लो भएको दाबी पनि गरेका छन् ।

स्कट सी वारिङका अनुसार नासाले यो फोटो अप्रिल २०२१ मा जारी गरेको थियो । यो तस्वीरको विश्लेषण गरिरहेको भन्दै उनले ३ फेब्रुअरी २०२२ मा त्यो पूरा भएको बताए । 

यसअघि यूएफओमा रिसर्च गरेका निक पोपले एलियन्सका बारेमा चकित पार्ने खुलासा गरेका थिए । निक पोप बेलायती सरकारका लागि यूएफओमा अनुसन्धान गर्छन्।

उनका अनुसार यदि कुनै व्यक्ति कुनै अलौकिक जीवनको सम्पर्कमा आउँछ भने ऊ हामी सबैभन्दा लाखौं वर्ष अगाडि हुनेछ। 

एलियन र मानवबीच युद्ध भएमा एलियनसँग उपलब्ध प्रविधिमा काम गर्नुपर्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्