फागुन ५, २०७८
चीनले अन्तरिक्षमा रोबोट सर्प बनाएको र त्यसले शत्रुलाई अप्ठ्यारोमा पार्ने दाबी गरेको छ । चीनको एक अनुसन्धान टोलीले रोबोटिक सर्प बनाएको हो । त्यसको शक्ति, लचकता र दीर्घायुले अन्तरिक्षमा खोज गर्न मद्दत गर्छ ।&...
काठमाडाैं | माघ २६, २०७८
वैज्ञानिकहरूले लामो समयदेखि मंगल ग्रहमा जीवन खोजिरहेका छन् । नासाले रातो ग्रहको अनुसन्धान गर्न क्युरियोसिटी रोभर पठाएको छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सीको यो रोभरले मंगल ग्रहबाट हरेक दिन फोटो र नयाँ जानकारी पठाउने गर्छ ।
यसैबीच, एक यूएफओ विशेषज्ञले यी तस्वीरहरूको बारेमा एक आश्चर्यजनक दाबी गरेका छन् ।
नासाको रोभरले पठाएको तस्वीरमा एलियन देखिएको यूएफओ विज्ञको दाबी छ । यूएफओ विशेषज्ञ स्कट सी वारिङले विगतमा पनि एलियनको बारेमा धेरै दाबी गरेका छन् ।
नासाको रोभरले मंगल ग्रहबाट धेरै तस्वीर पठाएको छ । स्कट सी वारिङ भन्छन् कि यी तस्वीरहरूमध्ये एकमा एलियन देखिएको छ ।
मंगल ग्रहमा शतप्रतिशत जीवन रहेको उनको दाबी छ । पृथ्वीभन्दा मंगल ग्रहमा धेरै बौद्धिक प्राणी रहेको उनले दाबीसमेत गरेका छन् ।
यूएफओ विशेषज्ञ स्कट सी वारिङले यी फोटोहरूमा केही स्थानहरू पहिचान गरेका छन् । उनले तस्वीरमा एलियन पल्टिएको देखिएको बताएका छन् । एलियनले मार्स रोभरलाई हेरिरहेको उनको दाबी छ ।
उनले गुलाबी रंगको एलियन एक फिट अग्लो भएको दाबी पनि गरेका छन् ।
स्कट सी वारिङका अनुसार नासाले यो फोटो अप्रिल २०२१ मा जारी गरेको थियो । यो तस्वीरको विश्लेषण गरिरहेको भन्दै उनले ३ फेब्रुअरी २०२२ मा त्यो पूरा भएको बताए ।
यसअघि यूएफओमा रिसर्च गरेका निक पोपले एलियन्सका बारेमा चकित पार्ने खुलासा गरेका थिए । निक पोप बेलायती सरकारका लागि यूएफओमा अनुसन्धान गर्छन्।
उनका अनुसार यदि कुनै व्यक्ति कुनै अलौकिक जीवनको सम्पर्कमा आउँछ भने ऊ हामी सबैभन्दा लाखौं वर्ष अगाडि हुनेछ।
एलियन र मानवबीच युद्ध भएमा एलियनसँग उपलब्ध प्रविधिमा काम गर्नुपर्ने उनको भनाइ थियो ।
चीनले अन्तरिक्षमा रोबोट सर्प बनाएको र त्यसले शत्रुलाई अप्ठ्यारोमा पार्ने दाबी गरेको छ । चीनको एक अनुसन्धान टोलीले रोबोटिक सर्प बनाएको हो । त्यसको शक्ति, लचकता र दीर्घायुले अन्तरिक्षमा खोज गर्न मद्दत गर्छ ।&...
चीनका अनुसन्धाताहरूले ६जी प्रविधिमा काम गरिरहेका छन् । यसैबीच उनीहरू नयाँ पुस्ताको ताररहित सञ्चारमा चीनलाई अमेरिका तथा अन्य मुलुकभन्दा निकै अगाडि पार्ने गरी डेटा स्ट्रीमिङमा निकै अघि बढिसकेको पाइएको छ । ...
संसारभर हरेक दिन एलियन र यूएफओ देखिएको दाबी गरिन्छ । ब्रह्माण्डमा एलियनहरू छन् कि छैनन् ? वैज्ञानिकहरू वर्षौंदेखि यस प्रश्नको जवाफ खोज्दै आएका छन् तर अहिलेसम्म कुनै सफलता पाउन सकेका छैनन् । यसैबीच, अमेर...
चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको छ । ...
संसारमा हरेक दिन एलियनका बारेमा छलफल हुन्छ । कहिलेकाहीँ पृथ्वीबाहेकको ग्रहका प्राणीबारे अनौठो दाबी गरिन्छ, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । धेरै मानिसहरूले यूएफओ र एलियनहरू देखेको दाबी गरेका...
संसारमा एलियनहरूबारे विभिन्न दाबीहरू गरिएको छ । मानिसहरूले पृथ्वीमा एलियन र यूएफओहरू देखेको दाबी गर्छन् । केही मानिसहरूले ब्रह्माण्डमा एलियनहरू छन् भनी दाबी गर्छन्, जबकि धेरै मानिसहरूले यी ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...