०७ असार २०८३, आइतबार

हराएका प्राचीन महत्वका पूरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइयो

असार ७, २०८३
काठमाडौं
हराएका प्राचीन महत्वका पूरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइयो

पुरातत्व विभागले विभिन्न समयमा चोरी गरी विदेश पुर्‍याइएका प्राचीन महत्वका पर्शुरामको मूर्ति, टुँडाल र धार्मिक गाताचित्र बेल्जियमबाट फिर्ता ल्याइएको छ । चोरी भएका ती सम्पदा बेल्जियममा फेला परेपछि स्वदेशी तथा विदेशी सम्पदा अभियन्ताको सहयोगमा हालै स्वदेश फिर्ता ल्याएको हो ।

पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण रहेका ती सम्पदा कुन ठाउँबाट हराएको हो त्यसको माग दाबी परीक्षण गरेर सम्बन्धित मन्दिरमा पुनःस्थापना गरिने पुरातत्व अधिकृत सरिता सुवेदीले जानकारी दिइन् ।

नेपालबाट चोरिएका विभिन्न मूर्ति, कलावस्तु, सम्पदा विश्वका कुनै मुलुकमा फेला परेको सूचना प्राप्त भएपछि फिर्ताका लागि विभागले प्रक्रिया चलाउँछ । विदेशका विभिन्न सङ्ग्रहालयमा नेपालबाट हराएका मूर्ति फेला परेपछि सरकार, विभिन्न संस्था, अभियान्ता तथा विद्वानबीचको सहकार्यबाट सम्पदा फिर्ता ल्याउन प्रक्रिया सुरु गरिने जनाइएको छ ।

सन् १९५० देखि १९८० को दशकमा नेपाली सम्पदा हराएको अभिलेख विभागसँग रहेको अधिकृत सुवेदीले जानकारी दिइन् । अन्तरराष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मुलुकमा फिर्ता गर्नुपर्ने प्रावधान छ ।

विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा पुगेको सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ । अन्तरराष्ट्रिय तहमा बसेका नेपाली समुदाय, सम्पदा क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले पनि सहयोग गर्दै आएका छन् ।

काठमाडौँ उपत्यकामा मध्यकालीन समयमा निर्माण भएका काष्ठकला, मूर्तिकला, प्रस्तरकला, वास्तुकलाका नमुना विशेषगरी विभिन्न मठमन्दिरमा सजिएका छन् । त्यसले तत्कालीन समाजको कलाशैली निर्माणको अवस्था अध्ययनमा सहयोग पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्