०४ असार २०८३, बिहीबार

५० हजार भारूमा बेचिइन् महिला

माघ २६, २०७८
५० हजार भारूमा बेचिइन् महिला
image: sutter stock

भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पुर्‍याएको छ ।

सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको ५ महिनापछि सकुशल उद्धार गरेको हो । 

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले महिलालाई ५० हजार भारतीय रूपैयाँमा महिलालाई कामदारका रुपमा बिक्री गरिएको बताइन् । 

'सल्यानकी ती महिलालाई साहुसित बेचेर मान्छे फरार भएछ,' संयोजक भट्टले भनिन्, 'घटना विवरणलाई नियाल्दा कोहलपुरका गोपाल विकले विवाह गर्ने प्रलोभनमा ललाइफकाइ भारत लगेको देखिन्छ ।'

उनले सिमलाको बागीबाट महिलालाई उद्धार गरी माइती नेपालको संरक्षणमा राखिएको बताए । माइती नेपालले फरार रहेका विकमाथि कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्