२७ असार २०८३, शनिबार

बेलायतका वैज्ञानिकहरूले बनाए ‘नक्कली सूर्य’ : स्वच्छ ऊर्जा प्रवाह गर्न सकिने

माघ २७, २०७८
बेलायतका वैज्ञानिकहरूले बनाए ‘नक्कली सूर्य’ : स्वच्छ ऊर्जा प्रवाह गर्न सकिने

बेलायती वैज्ञानिकहरूले नक्कली सूर्य बनाउन सफलता पाएका छन् । 

सूर्यकै प्रविधि उपयोग गरेर उनीहरूले परमाणु फ्युजन गराउने एक रियाक्टर बनाउन सफलता पाएका हुन् । त्यसबाट अपार ऊर्जा निस्कनेछ । 

अक्सफोर्ड विश्वविद्यालय नजिक गरिएको यो प्रयोगका क्रममा ५९ मेगाजूल ऊर्जा निस्केको थियो । त्यो आफैंमा एक कीर्तिमान हो । 

यति धेरै ऊर्जा उत्पन्न गराउनका लागि १४ किलो टीएनटी उपयोग गर्नुपर्ने हुन्छ । 

यस उपलब्धिलाई कोशेढुंगा मानिएको छ । यसमार्फत ताराहरूको ऊर्जा दोहन गर्न सकिन्छ अनि पृथ्वीमा सस्तो र स्वच्छ ऊर्जा उपलब्ध गराउन सकिन्छ । 

बेलायतको ऊर्जा प्राधिकरणले बुधवार यसको सफल प्रयोग गरिएको घोषणा गरेको हो । 

आणविक फ्युजनमा त्यही ऊर्जा उपयोग हुन्छ जुन सूर्यले गर्मी उत्पन्न गराउनका लागि उपयोग हुन्छ । भविष्यमा यसले मानवतालाई टन्न, सुरक्षित र सफा ऊर्जा स्रोत उत्पन्न हुन्छ । अनि यसले जलवायु परिवर्तनको समस्याबाट पनि मुक्ति दिलाउँछ ।

आणविक फ्युजनमा केन्द्रित बेलायती प्रयोगशालामा यो सफलता वर्षौंपछिको प्रयोगबाट प्राप्त भएको हो । प्रयोगशालामा डोनट आकारको यन्त्र राखिएको छ र त्यसलाई टोकाम्याक नाम दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्