०८ असार २०८३, सोमबार

यसरी घरमै बनाउनुस् कपकेक

माघ २७, २०७८
यसरी घरमै बनाउनुस् कपकेक

घरैमा बसीबसी स्वादिलो कपकेक बनाउनुहुन्छ ? 

रेसिपी त हामी बताइहाल्छौं ।

सामग्री

कन्डेन्स्ड मिल्क आधा कचौरा

चिनी दुई चम्चा

बेकिङ सोडा आधा चम्चा

भृनिला एसेन्स आधा चम्चा

कोको पाउडर एक चम्चा

रिफाइन्ड ओयल आधा कचौरा

गहुँको पीठो एक कचौरा

दूध आधा गिलास

आइसिङ सुगर सिरप एक चम्चा

स्प्रिंकल्स एक चम्चा

क्रीम सजाउनका लागि 

विधि

बाउलमा कन्डेन्स्ड मिल्क राख्नुस् ।

त्यसमा चिनी, बेकिङ सोडा, भेनिला एसेन्स र कोको पाउडर मिसाउनुस् । 

अब रिफाइन्ड ओयल, मैदा र दूध मिसाउनुस् । 

यसरी तयार भएको मसलालाई मफिन मोल्डमा हालेर २०० डिग्री सेन्टिग्रेडमा राखेर २० मिनेटसम्म बेक गर्नुस् ।

कप केक तयार भयो । त्यसमाथि क्रीम दल्नुस् ।

अनि माथिबाट आइसिङ सुगर सिरप र स्प्रिंकल राखेर सजाउनुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्