०४ असार २०८३, बिहीबार

चितवनमा धमाधम मर्न थाले कुखुरा, बर्डफ्लू पुष्टि

माघ २८, २०७८
चितवनमा धमाधम मर्न थाले कुखुरा, बर्डफ्लू पुष्टि
प्रतिनिधिमूलक तस्वीर।

चितवनमा बर्डफ्लू रोगको सङ्क्रमण पुन: देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि माघ २५ गते नमूना संकलन गरी काठमाडौं पठाइएकामा बिहीवार संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार बर्डफ्लूको एचपाइभ एनवान संक्रमण देखिएको हो ।

उक्त फर्ममा दुई हजार कुखुरा  छन् । उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उनले बताए । 

फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ । शंकास्पद फर्महरूको नमूना संकलन गरी परीक्षण गरिने उनले जानकारी दिए । 

बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्