२५ असार २०८३, बिहीबार

दक्षिण कोरियामा कोरोना बढ्यो, नेपाली श्रमिक लैजान रोक

दक्षिण कोरियामा कोरोना बढ्यो, नेपाली श्रमिक लैजान रोक

केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ ।

पुनः कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाल लगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उदृत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भइ रोकिएका श्रमिकहरूको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताए । उनले संक्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरूलाई तत्काल पठाउने व्यवस्था गर्ने विश्वास दिलाए ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लामो समयदेखि रोकिएकामा सरकारले पहल गरेर नियमित रूपमा जाने व्यवस्था गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्