अमेरिकाको मायामीमा रहेको प्रख्यात साउथ बीचमा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको रोमाञ्चक भिडियो सार्वजनिक भएको छ । हेलिकप्टर पौडी खेल्नेहरूभन्दा केही फीट पर मात्र पानीमा खसेको थियो ।
मायामी बीच प्रहरी विभागले शेयर गरेको भिडियोमा हेलिकप्टर शनिवार अपराह्न आकाशबाट तीव्र गतिमा खसेको देखिन्छ ।
एटलान्टिक महासागरको पानीमा हेलिकप्टर चोपलिएको थियो । त्यतिखेर सयौं पौडीबाज र प्याडलरहरू रमाइलो गरिरहेका थिए ।
घटनामा कोही पनि हताहत भएका छैनन् ।
हेलिकप्टरमा रहेका दुईजनालाई अस्पतालमा भर्ना गरिएको छ । तटको एक भागलाई बन्द गरेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।