१४ असार २०८३, आइतबार

डिजराजको नयाँ गीत 'झिल्केले म्वाइ खाला' [भिडियो]

डिजराजको नयाँ गीत 'झिल्केले म्वाइ खाला' [भिडियो]

गायक डिजराज पौडेलको 'झिल्केले म्वाइ खाला' बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलमार्फत् बजारमा आएको गीतमा शब्द सानु तिवारीको रहेको छ।  गीतमा स्वर र संगित डिजराज पौडेलको छ भने एरेन्ज एनबी चाम्लिङको रहेको छ। 

गीतको भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका छन्। गीतमा आर्यन राई र सिम्रन कार्कीको अभिनय देख्न सकिन्छ। 

गायक पौडेलका 'तिमी आउने बाटोमा', सुनैको दरबार, चौका परेपछि, तिमी करोडमा म त रोडमा, चाइना घुमौंला मोटर गाडीमा जस्ता गीतहरू लोकप्रिय रहेका छन्। 

पौडेलले फरक जनराको भए पनि झिल्केले म्वाइ खाला गीतले पनि दर्शक स्रोताको मन जित्ने विश्वास व्यक्त गरेका छन्।

भिडियो :

salt training

कमेन्ट गर्नुहोस्