
गृहमन्त्री बालकृष्ण खाँण एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेपछि कांग्रेस र एमालेबीच संवाद बाक्लिएका बेला गृहमन्त्री प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न उनकै निवासमा पुगेका हुन् ।
यसअघि मंगलवार साँझ बालुवाटार पुगेर एमाले नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
भेटमा कुनै जेन्टलमेन्ट सहमति भएको चर्चाका बीच गृहमन्त्री बालकोट पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।