०७ असार २०८३, आइतबार

जनतासामु कान समातेर उठबस गरे विधायकले (भिडियो)

फागुन ११, २०७८
जनतासामु कान समातेर उठबस गरे विधायकले (भिडियो)

भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचन चलिरहेको बेलामा अनौठो घटना भएको छ । 

बुधवार सोनभद्रको रोबर्ट्सगंज विधानसभा क्षेत्रमा भारतीय जनता पार्टीका विधायक भूपेश चौबेले जनसभामा जनताको आक्रोश कम गर्न कुर्सीमा उभिएर कान समात्दै उठबस गरेका हुन् । 

आफूले विगत पाँच वर्षमा गरेको गल्ती अब नदोहोर्‍उने उनले वाचा गरे । 

चौबेले पाँच वर्षमा विकासको कुनै पनि काम नगरेको भन्दै जनतामा आक्रोश छ । त्यही आक्रोश मत्थर पार्नका लागि उनले कान समातेर उठबस गरेका हुन् । 

कमेन्ट गर्नुहोस्