१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा कलाकार लामाको निधनप्रति दुःख व्यक्त

फागुन ११, २०७८
प्रधानमन्त्री देउवाद्वारा कलाकार लामाको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली लोकगीत सङ्गीत, चलचित्र क्षेत्रका ख्यातिप्राप्त सर्जक तथा कलाकार जयनन्द लामाको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् । कलाकार लामाको आज बिहान निधन भएको हो ।
 
प्रधानमन्त्री देउवाले शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले लामाको निधनबाट मुलुकले गीत सङ्गीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधकलाई गुमाएको उल्लेख गरेका छन् ।
 
कांग्रेसले नेपालको सांस्कृतिक क्षेत्रको श्रीवृद्धिमा लामाले पु¥याएको योगदान सदा स्मरणीय रहने उल्लेख गर्दै उहाँको निधनबाट मुलुकले एक अग्रज कलाकारलाई गुमाएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्