
प्रेम सम्बन्धमा उमेर मात्रै सबैथोक होइन भन्ने उदाहरण एक २६ वर्षीया युवतीले दिएकी छन् ।
ब्रिटेनकी जेसिका हकिङले ५८ वर्षीय डेरमोट मुर्रेसँग ‘लभ’ गरिरहेकी छन् । तर अपरिचित मान्छेले सँगै देख्दा बुवाछोरी होलान् भन्ने अनुमान गर्छन् ।
जब उनीहरू प्रेमीप्रेमिका हुन् भन्ने थाहा लाग्छ, सबैतिर चासो बढ्छ । विगत १० महिनादेखि सँगसँगै बसिरहेका जेसिका र डेरमोटको जोडी केही दिनभित्रै विवाह गर्ने तयारीमा छ ।
डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार सन् २०२१ मा पहिलोपल्ट जेसिका र डेरमोटको चिनजान भएको थियो । जेसिकाले भनिन्, ‘मलाई पुरुषहरूमाथि खासै भरोसा थिएन । तसर्थ मेरा लागि प्रेम गर्नु ज्यादै कठिन थियो । तर जुन महिलासँग म काम गर्थे उसको र डेरमोटको राम्रो मित्रता थियो । यसरी हामी तीनैबीच मित्रता भयो ।’
मित्रतापछि जेसिका र डेरमोटबीच कुराकानी हुन थाल्यो र निकटता बढ्यो । त्यसपछि एक्लाएक्लै पनि भेटघाट हुन थाल्यो, सँगसँगै घुमफिरमा पनि जान थाले ।
निकटता बढेसँगै जेसिका र डेरमोटबीच सबै कुराकानी र छलफल हुन थाल्यो । यसैबीच गत वर्ष अप्रिलमा दुवैले प्रेम सम्बन्धमा बाँधिने निधो गरेका थिए । तर उमेरमा ठूलो अन्तर भएकाले अरुबाट लुकाएर राखेका थिए ।
जेसिकाले भनिन्, ‘मलाई थाहा छ कि उनी धेरै वयस्क छन् तर जब निकटता बढ्यो, त्यसपछि हामीले उमेरको बारेमा सोच्न बन्द गरिदियौं । शुरूमा त दुनियाँको डरले हामीले सम्बन्धलाई गोप्य नै राख्यौं तर हामी धेरै दिनसम्म यसलाई लुकाएर राख्न सक्दैन्थ्यौं ।’
जेसिकाले आफूहरू शारीरिक सम्पर्कका मामिलामा पनि सन्तुष्ट रहेको बताइन् । उनले आफ्ना पति डेरमोट शारीरिक रूपमा तन्दुरुस्त रहेका बताइन् ।
जेसिकाको सम्बन्धमा उनकी आमाको पनि समर्थन छ । जेसिकाका प्रेमीभन्दा जेसिकाकी आमा ४ वर्ष मात्रै जेठी छन् ।