×

NIC ASIA

सिद्धार्थ सिमेन्टको बदमासीः तौल घटाएर उपभोक्ता ठग्दै

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, २१ असार– सिद्धार्थ सिमेन्टमा उपभोक्ता ठगिएको पाइएको छ । उक्त सिमेन्ट बिक्रीका लागि राखिएको बोरामा झण्डै एक किलोसम्म कम तौल भेटिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र गुणस्तर तथा नापतौल विभागले संयुक्त रुपमा गरेको बजार अनुगमनका क्रममा उक्त सिमेन्टले तौलमा उपभोक्ता ठगेको भेटिएको हो ।

अनुगमन टोलीले गत साता गरेको बजार अनुगमनमा उक्त सिमेन्टको ५० किलोको बोरामा ९ सय ग्रामसम्म कम तौल भेटिएको हो ।

तौलमा समस्या देखिएपछि उक्त सिमेन्टको विक्रीमा रोक लगाइएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले लोकान्तरलाई बताए ।

गुणस्तर तथा नापतौल विभागका अनुगमन अधिकृत रामसुन्दर शाहले १० वटा बोराको (र्यान्डम) परीक्षण गर्दा झण्डै आधा संख्याका बोरामा तौलमा कम देखिएको बताए । ‘बिक्रीमा राखिएको सिमेन्टको बोराको तौल परिक्षण गर्दा १ सयदेखि ९ सय ग्रामसम्म तौलमा कमी देखियो,’ शाहले भने ।

आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक दाहालले सिमेन्टको नमूना परिक्षणको नतिजा आइसकेको बताए । ‘सिमेन्टमा देखिएको कमजोरीहरुका बारेमा गुणस्तर विभागलाई पत्र पठाउने तयारी गरेका छौं,’ उनले भने । गुणस्तर विभागबाट प्राप्त सिफारिसका आधारमा कारबाही प्रक्रिया अघि बढाइने दाहालले बताए ।

सिद्धार्थ ग्रुपद्वारा उत्पादित सिद्धार्थ सिमेन्ट पीपीसी सिमेन्ट हो ।

तौलमा समस्या देखिएपछि अनुगमन टोलीले १ सय ७० बोरा सिमेन्ट नियन्त्रणमासमेत लिएको छ । अनुगमन टोलीले समस्या भेटेपछि कम्पनीले उक्त सिमेन्टको बिक्री रोकेको विभागले जनाएको छ ।

यस विषयमा सिमेन्ट कम्पनीसँग प्रतिक्रिया लिन खोज्दा कम्पनीका अधिकारीहरु सम्पर्कमा आउन मानेनन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

जेठ ५, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७०, गोलभेँडा सानो टनेलको ६०, गोलभेँडा सानो त...

जेठ ३, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४० र गोलभेँडा सान...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

जेठ १०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार गोलभेँडा सानो लोकलको अधिकतम मूल्य प्रतिकिलो ४०, गोलभेँडा सानो टनेलको...

बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x