०९ असार २०८३, मंगलबार

ताप्लेजुङमा पहिरो जाँदा दुई घरमा क्षति

असार ८, २०८३
काठमाडौं
ताप्लेजुङमा पहिरो जाँदा दुई घरमा क्षति
फाइल फोटो

ताप्लेजुङमा गएराति वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाको फक्ताङलुङ गाउँपालिकामा दुई घर तथा अलैँची बगानमा क्षति पुर्‍याएको छ । फक्ताङलुङ गाउँपालिका-१ का दुर्गा कटुवाल र गणेश कटुवालको घरमा पहिरोले क्षति पुर्‍याएको हो ।

फक्ताङलुङ-१ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बूका अनुसार दुर्गा कटुवालको घरमा नरेन्द्र लिम्बू बसोबास गर्दै आएका थिए ।

पहिरोका कारण उनले निर्माण गरेको गोठमा समेत क्षति पुगेको छ भने बाख्रासहित पशुचौपाया बगाएको छ ।

दुवै घर बसोबासका लागि असुरक्षित बनेको वडाध्यक्ष लिम्बूले बताए । दुवै घरका परिवार छिमेकीको घरमा गएर बस्ने तयारीमा छन् ।

त्यस्तै, सावाँ खोलामा आएको बाढीले धेरै किसानका अलैँची बगानमा क्षति पुर्‍याएको छ ।

गएराति परेको अविरल वर्षापछि खोलामा बाढी आएको थियो ।

यता, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकामा सञ्चालित जलविद्युत् आयोजनाहरूमा पनि क्षति पुगेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्