×

NIC ASIA

९ खर्ब पुग्यो वस्तु आयात, व्यापार घाटा नै ८ खर्ब

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, २१ असार –सरकारले आत्मनिर्भरताका लागि जति प्रयास गरेको दावी गरे पनि मुलुकको परनिर्भरता भने वर्षेनी बढ्दै गएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार, चालू आर्थि वर्ष (आव) २०७३/७४ को पहिलो ११ महिनामामात्रै नेपालले झण्डै ९ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

चालू आवको जेठसम्ममा नेपालले ८ खर्ब ९३ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु विभिन्न मुलुकबाट आयात गरेको छ । चालू आवको यो आयात गत आवको सोही अवधिको तुलनामा झण्डै २८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो आयात ६ खर्ब ९७ अर्ब ४१ करोड रुपैयाँ बराबरको थियो ।

केन्द्रका अनुसार, समीक्षा अवधिमा नेपालको निर्यात भने ६७ अर्ब रुपैयाँ बराबरको मात्र छ । यो निर्यात आयातको तुलनामा झण्डै १३ गुणाले बढी हो ।

गत आवमा नेपालले ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेकामा चालू आवमा उक्त निर्यात झण्डै ६ प्रतिशतले बढेको छ ।

चालू आवको समीक्षा अवधिमा नेपालको व्यापार घाटा थप बढेर गएको छ । चालू आवमा नेपालको व्यापार घाटा ८ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । यो व्यापार घाटा गत आवको सोही अवधिको तुलनामा ३० दशमलव ३ प्रतिशतले बढी हो । गत आवमा यस्तो व्यापार घाटा ६ खर्ब ३३ अर्ब ७६ करोड रुपैयाँ थियो ।

चालू आवको समीक्षा अवधिमा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार ९ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ बराबर पुगेको छ । गत आवको समान अवधिको तुलनामा चालू आवमा नेपालको वैदेशिक व्यापार २६ प्रतिशतले बढेको छ । गत आवमा नेपालले ७ खर्ब ६१ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

भारतबाट ५ खर्बको आयात
केन्द्रका अनुसार, चालू आवमा भारतबाट भएको आयात नै ५ खर्ब ८५ अर्ब १२ करोड रुपैयाँ बराबर पुगेको छ । गत आवको सोही अवधिमा भारतबाट भएको यस्तो आयात ४ खर्ब ३२ अर्ब ६० करोड रुपैयाँ बराबरको थियो । चालू आवमा भारतबाट भएको आयात झण्डै ३५ प्रतिशतले बढेको छ । चालू आवमा नेपालले ३९ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु भारततर्फ निर्यात गरेको छ ।

त्यस्तै, चालू आवको समीक्षा अवधिमा १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ बराबरको आयात चीन र १ खर्ब ९१ अर्ब ३५ करोड रुपैयाँ बराबरको आयात तेस्र्रो मुलुकबाट गरिएको छ । चालू आवमा चीनबाट हुने आयात गत आवको तुलनामा १३ दशमलव १ प्रतिशत र तेस्रो मुलुकबाट हुने आयात २१ दशमलव ४ प्रतिशतले बढेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x