१९ असार २०८३, शुक्रबार

९ खर्ब पुग्यो वस्तु आयात, व्यापार घाटा नै ८ खर्ब

कात्तिक २०, २०७४
९ खर्ब पुग्यो वस्तु आयात, व्यापार घाटा नै ८ खर्ब

काठमाडौं, २१ असार –सरकारले आत्मनिर्भरताका लागि जति प्रयास गरेको दावी गरे पनि मुलुकको परनिर्भरता भने वर्षेनी बढ्दै गएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार, चालू आर्थि वर्ष (आव) २०७३/७४ को पहिलो ११ महिनामामात्रै नेपालले झण्डै ९ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

चालू आवको जेठसम्ममा नेपालले ८ खर्ब ९३ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु विभिन्न मुलुकबाट आयात गरेको छ । चालू आवको यो आयात गत आवको सोही अवधिको तुलनामा झण्डै २८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो आयात ६ खर्ब ९७ अर्ब ४१ करोड रुपैयाँ बराबरको थियो ।

केन्द्रका अनुसार, समीक्षा अवधिमा नेपालको निर्यात भने ६७ अर्ब रुपैयाँ बराबरको मात्र छ । यो निर्यात आयातको तुलनामा झण्डै १३ गुणाले बढी हो ।

गत आवमा नेपालले ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेकामा चालू आवमा उक्त निर्यात झण्डै ६ प्रतिशतले बढेको छ ।

चालू आवको समीक्षा अवधिमा नेपालको व्यापार घाटा थप बढेर गएको छ । चालू आवमा नेपालको व्यापार घाटा ८ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । यो व्यापार घाटा गत आवको सोही अवधिको तुलनामा ३० दशमलव ३ प्रतिशतले बढी हो । गत आवमा यस्तो व्यापार घाटा ६ खर्ब ३३ अर्ब ७६ करोड रुपैयाँ थियो ।

चालू आवको समीक्षा अवधिमा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार ९ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ बराबर पुगेको छ । गत आवको समान अवधिको तुलनामा चालू आवमा नेपालको वैदेशिक व्यापार २६ प्रतिशतले बढेको छ । गत आवमा नेपालले ७ खर्ब ६१ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

भारतबाट ५ खर्बको आयात
केन्द्रका अनुसार, चालू आवमा भारतबाट भएको आयात नै ५ खर्ब ८५ अर्ब १२ करोड रुपैयाँ बराबर पुगेको छ । गत आवको सोही अवधिमा भारतबाट भएको यस्तो आयात ४ खर्ब ३२ अर्ब ६० करोड रुपैयाँ बराबरको थियो । चालू आवमा भारतबाट भएको आयात झण्डै ३५ प्रतिशतले बढेको छ । चालू आवमा नेपालले ३९ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु भारततर्फ निर्यात गरेको छ ।

त्यस्तै, चालू आवको समीक्षा अवधिमा १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ बराबरको आयात चीन र १ खर्ब ९१ अर्ब ३५ करोड रुपैयाँ बराबरको आयात तेस्र्रो मुलुकबाट गरिएको छ । चालू आवमा चीनबाट हुने आयात गत आवको तुलनामा १३ दशमलव १ प्रतिशत र तेस्रो मुलुकबाट हुने आयात २१ दशमलव ४ प्रतिशतले बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्