०८ साउन २०८३, शुक्रबार

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

असार १६, २०८३
काठमाडौं
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा चार हजार ५०० ले गिरावट आएको छ भने चाँदी २५ ले गिरावट आएको छ ।

आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार ९०० रुपैयाँ र चाँदी चार हजार २८५ रुपैयाँ निर्धारण भएको छ ।

सोमबार एक तोला सुनको मूल्य दुई लाख ८२ हजार ४०० मा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य चार हजार ३१० मा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार एक तोला सुन दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ३२५ मा खरिद बिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८१ चाँदी ५७ दशमलव ३३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्