
नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९०० र चाँदी ४० रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघघका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार २४० निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला सुन दुई लाख ८२ हजार १०० र चाँदी चार हजार २०० मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।