०७ साउन २०८३, बिहीबार

यसरी हुँदैछ विश्वकपको भव्य समापन, अर्जेन्टिना–स्पेन भिडन्तसँगै चर्चित कलाकारहरूको प्रस्तुति

साउन ३, २०८३
काठमाडौं
यसरी हुँदैछ विश्वकपको भव्य समापन, अर्जेन्टिना–स्पेन भिडन्तसँगै चर्चित कलाकारहरूको प्रस्तुति

विश्वको सबैभन्दा ठूलो खेलकुद उत्सवका रूपमा रहेको फिफा विश्वकप–२०२६ को सोमबार राति भव्य समापन हुँदैछ ।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो ऐतिहासिक संस्करणको अन्तिम खेल न्यू जर्सी स्टेडियममा हुनेछ ।

साविक विजेता अर्जेन्टिना र स्पेन उपाधिका लागि आमने–सामने हुँदैछन् । फाइनल खेल शुरू हुनुभन्दा ९० मिनेटअघि स्टेडियममा भव्य समापन समारोह शुरू हुनेछ ।

४८ राष्ट्रले सहभागिता जनाएको यो विश्वकपको यादगार यात्रालाई संगीत, संस्कृति र फुटबलको संगममार्फत विशेष बनाउन फिफाले एक विशेष कार्यक्रमको तयारी गरेको छ ।

समापन समारोहको मुख्य आकर्षणका रूपमा विश्वप्रसिद्ध गायक पोस्ट मलोन रहने छन् । उनको प्रस्तुतिले समारोहमा विशेष रौनक थप्ने अपेक्षा गरिएको छ ।

यसैगरी, हलिउडका स्टार टम क्रुजको विशेष उपस्थिति रहनेछ भने निकोल सर्जिन्जर, रोबी विलियम्स र आईशोस्पिडले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् ।

यसैगरी, एमी, ग्रामी, ओस्कर र टोनी अवार्ड विजेता चर्चित गायिका जेनिफर हडसनले फाइनल खेलअघि अमेरिकाको राष्ट्रिय गान गाउनेछिन् । अर्का चर्चित कलाकार क्रिस्टोफर माचिओले ‘अमेरिका द ब्युटिफुल’ प्रस्तुत गर्नेछन् ।

आयोजक फिफाले स्टेडियम पुग्ने दर्शकहरूलाई समयमै उपस्थित हुन आग्रह गरेको छ । समापन समारोह खेल शुरू हुनुभन्दा डेढ घण्टा अघि शुरू हुने र त्यसमा दर्शकहरूको सक्रिय भूमिका रहने जनाइएको छ ।

यसैगरी, फिफा विश्वकपको फाइनलमा हुने हाफटाइम शो पनि उत्तिकै आकर्षक रहनेछ । कोल्ड प्ले ब्यान्डका लिग सिंगर क्रिस मार्टिनद्वारा क्युरेट गरिएको यो शोमा शाकिर, बर्ना ब्वाई, म्याडोना, जस्टिन बीबर, के–पप सेन्सेसन र भेनेजुएलाका प्रसिद्ध गुस्ताभो डुडामेलको प्रस्तुति रहनेछ ।

कमेन्ट गर्नुहोस्