०७ असार २०८३, आइतबार

जब कप्तानले स्टेडियममा देखाए यस्तो हर्कत... [भिडियो]

चैत २, २०७८
जब कप्तानले स्टेडियममा देखाए यस्तो हर्कत... [भिडियो]

पाकिस्तान र अस्ट्रेलियाबीच कराचीमा दोस्रो टेस्ट म्याचको चौथो दिन अचम्मको घटना घट्यो । 

अस्ट्रेलियाको क्रिकेट टिमका कप्तान पैन्ट कमिन्सले कराचीस्थित स्टेडियममा अनौठो हर्कत देखाए । 

त्यो देखेर त्यहाँ भएका अम्पायरदेखि अन्य खेलाडीसमेत छक्क परे । 

अहिले यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

अस्ट्रेलियन कप्तान पैन्ट कमिन्स अचानक जमिनमा आएर हथौडाले हान्न थाले ।

त्यतिबेला पाकिस्तानी कप्तान बाबर आजम पनि त्यहाँ पुगे । उनले अम्पायरलाई त्यो घटनाबारे जानकारी गराए । 

खासमा अष्ट्रेलियन कप्तान कमिन्सले जमिनको मर्मत गर्न लागेका रहेछन् । त्यहाँ केही समस्या आएकाले त्यसलाई हटाउन हथौडाले हिर्काएको एम्पायरलाई जानकारी गराएको बताइएको छ । 

कमेन्ट गर्नुहोस्