
यस वर्षको कक्षा १२ को परीक्षा आगामी २०७९ को जेठ १६ गतेबाट शुरू गरिने भएको छ ।
शुक्रवार राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १६ बाट कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको बोर्डका कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख जंग बहादुर अर्यालले लोकान्तरलाई जानकारी दिए ।
‘बोर्ड बैठकले जेठ १६ गतेबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ,’ अर्यालले भने ।
उनका अनुसार जेठ २५ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।