२६ असार २०८३, शुक्रबार

फोनपेको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनामा मोरङका कमलले जिते कार

फोनपेको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनामा मोरङका कमलले जिते कार

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले दोस्रो पटक सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तरगत बम्पर उपहारमा मोरङ्गका कमल चुडालले हुण्डाइको स्याण्ट्रो (एरा एक्जुकेटिभ) गाडी जितेका छन् । 

उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरुप स्याण्ट्रो जित्न सफल भएका हुन् ।

उनलाई फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र बैंकका नायम महाप्रबन्धक अपछ कुमार यादवले गाडीको साँचो हस्तान्तरण गरे ।

फोनपेले अघिल्लो वर्षपनि यस्तै  योजना सञ्चालन गरेको थियो ।

जसमा झापाका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल हुनुभएको थियो । 

यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्म योजना सञ्चालन गरेको थियो । 

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएका छन्् । 

यस योजनामा हरेक दिन एक जनाले आइफोन जित्न सकिन्थो ।

फोनपे मार्फत रु १० मा कुनैपनि व्यक्तिको मोबाईल नम्बर उल्लेख गरि रकम पठाउन सकिन्छ । 

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा गइ सेण्ड मनि गरि फोनपे डाइरेक्ट मार्फत सहजै रकम पठाउन सकिन्छ । 

फोनपे पेमेन्ट सर्भिस लिमिटेड लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । 

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् ।

यस्तै फोनपेमा हालसम्म ६ लाख १५ हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । 

एक करोड ४० लाख भन्दा धेरै मोबाई बैकिङ्ग प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फतसेवा पुर्याउँदै आएको फोनपेले  जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्