१२ साउन २०८३, मंगलबार

शाहरूखको 'पठान' लुक, यी टीभी अभिनेत्री भइन् 'क्रेजी'

चैत १३, २०७८
शाहरूखको 'पठान' लुक, यी टीभी अभिनेत्री भइन् 'क्रेजी'

बलिउडका बादशाह भनेर चिनिने अभिनेता शाहरुख खान यतिबेला आफ्नो फिल्म पठानलाई लिएर चर्चामा छन् । उनको फिल्म लामो समयदेखि चर्चामा छ । 

शाहरुख खान फिल्म पठानमा एकदमै फरक लुकमा देखिने भएका छन्,  जसको तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

शाहरुखले पठानसँग सम्बन्धित तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

शाहरूख प्रायः सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूसँग जोडिएका हुन्छन् र फ्यानहरूलाई आफ्ना फिल्महरूको बारेमा जानकारी दिइरहेका हुन्छन् । 

शाहरूखको तस्वीर देखेर चर्चित टीभी अभिनेत्री दीपिका कक्कड पनि प्रशंसा नगरी बस्न सकिनन् । 

उनले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टको स्टोरीमा शाहरुख खानको पछिल्लो तस्वीर शेयर गरेकी छन् । 

उनले पोस्टमा लेखेकी छन्, 'रोक्न पनि कसले चाहन्छ र, पठानलाई भेट्न म आफैंलाई रोक्न सकेको छैन ।' 

दीपिकाको यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 

तस्वीरमा शाहरूखले शर्टलेस भएर आफ्नो ८ प्याक एब्स देखाएका छन् ।  तस्वीरमा पठानको लुक पनि देखिएको छ 

तस्वीर शेयर गर्दै शाहरुखले लेखेका छन्, 'शाहरुख यदि थोरै रोकिए पनि पठानलाई कसरी रोक्न सक्छाैं, एप्स र एब्स सबै बनाइदिनेछु ।'

चलचित्र पठानमा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम मुख्य भूमिकामा देखिने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्