
नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलको ‘बोनसको यो जीवन’ नामक पुस्तक विमोचन भएको छ ।
सोमवार प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद कँडेलको पुस्तक विमोचन गरेका हुन् ।
विमोचन समारोहपछि बोल्दै सांसद कँडेलले पुस्तकमा २०६० भदौ १२ गते कुसुन्तीमा आफैं माथि भएको आक्रमणका बारेमा चर्चा गरिएको बताए ।
उनले आक्रमणमा तत्कालीन माओवादी संलग्न रहेको र सोही सेरोफेरोमा पुस्तक तयार गरेको बताए ।
सांसद कँडेलको पुस्तक भित्र विभिन्न शीर्षकमा घटना विवरण सहित ४ खण्डमा राखिएको छ ।
२७२ पेजको यो पुस्तकमा पारिवारिक तथा राजनीतिक गतिविधिहरू रहेको पनि सांसद कँडेलले बताए ।
सांसद कँडेलले पुस्तक बिक्रीबाट आउने रकम नेपाल नेत्रज्योति संघ नवलपरासीको आई हस्पितललाई सहयोग गर्ने जानकारी दिए ।
उनले भने,‘पुस्तक बिक्रीबाट आउने आय नेपाल नेत्रज्योती संघ नवलपरासीको आई हस्पिटललाई आर्थिक रुपमा विपन्नहरूलाई उनीहरूको मोतिविन्दुको निःशुल्क अप्रेशनको लागि र आँखा सम्बन्धित उपचारको लागि खर्च गर्ने उद्देश्य छ ।’