२९ जेठ २०८३, शुक्रबार
देउवाको दिल्ली यात्रा

हैदरावाद हाउसमा मोदीले देउवालाई स्वागत गर्दा यस्तो देखियो (तस्वीरहरू)

चैत १९, २०७८
हैदरावाद हाउसमा मोदीले देउवालाई स्वागत गर्दा यस्तो देखियो (तस्वीरहरू)

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता शुरू भएको छ । भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा ३ दिने औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्लीमा छन् । हैदरावाद हाउसमा देउवालाई मोदीले स्वागत गरेका थिए । 

द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल शुरूआत गर्ने कार्यक्रम छ ।

नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्य चौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । नेपालमा उत्पादित र नेपाललाई आवश्यकताभन्दा बढी भएको विद्युत् खरिदका विषयमा सम्झौताका लागि द्विपक्षीय छलफल हुनेछ ।

द्विपक्षीय सम्झौताको आदानप्रदान र प्रधानमन्त्रीले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम पनि तय भएको छ । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवा सहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले शनिवारै दिउँसो ४ः३० बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग भेटवार्ता गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्