एयर फ्रान्सको एक विमान पेरिसमा अवतरण गर्न लाग्दा प्राविधिक गडबडीका कारण विमान हल्लिएपछि पाइलटहरू आत्तिएर चिच्याएको सुनिएको छ ।
एयर ट्राफिक कन्ट्रोलसँग संवाद गर्ने क्रममा पाइलटहरू आत्तिएको सुनिन्छ । अवतरणका क्रममा विमान ठाउँ छोडेर देब्रेतिर ढल्किएको थियो र कमान्ड बटनले काम गरेको थिएन ।
एयर फ्रान्सले प्राविधिक घटना भएको पुष्टि गरेको छ । घटनाका कारण यात्रुहरूले अनुभव गरेको असहजताप्रति उसले माफ मागेको छ ।
उक्त विमान न्युयोर्कको जेएफके विमानस्थलबाट मंगलवार बिहान पेरिस आइपुगेको हो ।