१७ असार २०८३, बुधबार

अब बीटीआई बन्नेछ इन्जिनियरिङ क्याम्पस

अब बीटीआई बन्नेछ इन्जिनियरिङ क्याम्पस

बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई)मा प्राविधिक शिक्षाको उच्च तह कार्यक्रम शुरू भएको छ । 

बुटवल टेक्निकल इन्स्टिच्युट बुटवल र काठमाडौं विश्वविद्यालयको सहकार्यमा बुटवल टेक्निकल इन्स्टिच्युट बुटवलमा ४ वर्षे ब्याचलर अफ टेक्निकल एजुकेसन (बीटेक एड), जनरल मेकानिकल इन्जिनियरिङ जनरल विषयको पठनपाठन गर्ने गरी सम्झौता भएको थियो । 

बीटीआईमा हालै एक संक्षिप्त समारोहबीच नयाँ शैक्षिक कार्यक्रमको शुभारम्भ गरिएको थियो । काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसनका डिन डा.बालचन्द्र लुइँटेलले बीटीआईसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।

२०७८ पुस २२ गते काठमाडौं विश्वविद्यालय र बिटीआईबीच ४ वर्षे बीटेचएड कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको थियो । 

२०७९ असोजबाट शुरू हुने शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्ने कार्यक्रम तालिकासमेत तय भएको बीटीआईका कामु कार्यकारी निर्देशक इन्जिनियर अभिमन्यू पन्थीले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्