१८ असार २०८३, बिहीबार

चन्द्रागिरीमा मोटरसाइकल पसलमा ठोक्किँदा ३ बालबालिकासहित ५ घाइते

असार १७, २०८३
काठमाडौं
चन्द्रागिरीमा मोटरसाइकल पसलमा ठोक्किँदा ३ बालबालिकासहित ५ घाइते

राजधानीको चन्द्रागिरी नगरपालिका–८ बौथली चोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई पसलमा ठोक्किँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् ।

रौतहटको राजदेवी नगरपालिका–२ घर भएका ३३ वर्षीय उपेन्द्र ठाकुरले चलाएको बा.प्र.०२–०३६ प ७६१५ नम्बरको मोटरसाइकल सडक छेउको पसलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा चालक उपेन्द्र ठाकुर, उनकी ३० वर्षीया श्रीमती रमिता देवी ठाकुर र ३ वर्षीय छोरा रुस्तम ठाकुर घाइते भएका छन् ।

यसैगरी, दुर्घटनामा परी बाँके घर भएका २ वर्षीय बालक सरोज तामाङ र चन्द्रागिरी–८ बौथली चोककी ५ वर्षीया बालिका युजला श्रेष्ठ पनि घाइते भएका छन् । घाइते पाँचै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । काठमाडौँ प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्