२७ असार २०८३, शनिबार

गृहमन्त्रीमाथिको छानबिन प्रतिवेदन सार्वजनिक हुने प्रक्रियामा छ- सरकारका प्रवक्ता

असार १८, २०८३
काठमाडौं
गृहमन्त्रीमाथिको छानबिन प्रतिवेदन सार्वजनिक हुने प्रक्रियामा छ- सरकारका प्रवक्ता
गृहमन्त्री सुधन गुरुङ ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्री सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सार्वजनिक हुने प्रक्रियामा रहेको बताएका छन् ।

उनले केही प्रक्रिया पूरा गरेर सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्ने बताएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा मन्त्री पोखरेलले भने, ‘त्यो प्रतिवेदन सार्वजनिक हुन्छ । नियमित प्रक्रियामा छ, प्रक्रिया पूरा भएर सार्वजनिक हुन्छ ।’

गृहमन्त्री गुरुङ सम्पत्ति सम्बन्धी विवादमा परेपछि यसअघि राजीनामा दिएका थिए । त्यसको केही समयपछि सरकारले छानबिन समिति बनाएको थियो ।

समितिले सरकारलाई प्रतिवेदन बुझाएलगत्तै गुरुङ जेठ २६ गते पुन:  गृहमन्त्री नियुक्त भएका थिए । 

तर समितिले प्रतिवेदने बुझाएको करिब १ महिना हुँदा पनि सरकारले सार्वजनिक गरेको छैन ।  

salt training

कमेन्ट गर्नुहोस्