०७ साउन २०८३, बिहीबार
प्रतिनिधिसभा बैठक

संसद्‌मा जवाफ दिन सरकारलाई सभामुखको पहिलो रुलिङ

असार २२, २०८३
काठमाडौं
संसद्‌मा जवाफ दिन सरकारलाई सभामुखको पहिलो रुलिङ

​संसद्‌मा सांसदहरूले उठाएका विषयमा जवाफ दिन सभामुख डोलप्रसाद (डीपी) अर्यालले सरकारलाई रुलिङ गरेका छन् ।

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, रास्वपाका रमेश प्रसाईंलगायतको मागपछि सोमबार सभामुखले रुलिङ गरेका हुन् ।

कर्णालीमा भएको बस दुर्घटनाको उद्धारमा लापरबाही गरिएको भन्दै शाहीले सरकारको जवाफ माग गरेका थिए । रास्वपाका प्रसाईंले पनि सदनमा गृहमन्त्रीको जवाफ माग गरेका थिए ।

सभामुखले सरकारलाई जवाफ दिन पहिलो रुलिङ गरेको भन्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले धन्यवाद दिए ।

यसअघि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै विपक्षी दलले रुलिङ माग गरेका थिए ।

तर, सभामुखले रुलिङ गर्न मानेका थिएनन् ।

कमेन्ट गर्नुहोस्