२९ असार २०८३, सोमबार

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

असार २७, २०८३
काठमाडौं
धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते भएका छन् ।

आज बिहान अन्दाजी ०६:२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना २ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्यादेवी भुजेल सवार प्रदेश २-०२-००१ झ ००८२ नम्बरको गाडी एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार ५ जना तथा अर्को गाडीमा सवार ३ जना गरी ८ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया, धनुषा पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्