०४ असार २०८३, बिहीबार

अस्ट्रेलिया : महिलाले नेताको टाउकोमा फुटाइन् अण्डा (भिडियो)

चैत २७, २०७८
अस्ट्रेलिया : महिलाले नेताको टाउकोमा फुटाइन् अण्डा (भिडियो)

अस्ट्रेलियाको मेलबोर्नमा शुक्रवार एक महिलाले युनाइटेड अस्ट्रेलिया पार्टीका राजनीतिकर्मी क्रेग केलीको टाउकोमा अण्डा फुटाएकी छन् । 

केली हिटलरको प्रेमी भएको आरोप लगाउँदै महिलाले आक्रमण गरेकी हुन् । 

घटनाको भिडियो फूटेजमा महिलाले केलीको टाउकोको पछाडिको भागमा अण्डा फुटाएको देखिन्छ । नाजीहरूसँग घुलमिल बन्द गर भन्दै उनले चिच्याएको पनि सुनिन्छ । 

टाउकोमा अण्डा परेपछि केली चिच्याउँछन्, ‘तिमी लोकतन्त्रका लागि अभिशाप हौं । यहाँबाट गइहाल ।’

भिक्टोरिया प्रहरीले घटनाको अनुसन्धान गरिरहेको पुष्टि गरेको छ ।

युनाइटेड अस्ट्रेलिया पार्टीका प्रमुख क्लाइभ पाल्मरले महिलाका विरुद्ध मुद्दा चलाउने बताएका छन् । सांसदले बाटोमा हिँड्दा यसरी आक्रमणको सामना गर्नु अनि आक्रमणकारीमाथि कारवाही नहुनु निन्दनीय कुरा हो, उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्