×

NMB BANK
NIC ASIA

सत्तासाझेदार दलले पालिकास्तरमा सुझाव सङ्कलन गर्ने

चैत २८, २०७८

NTC
Premier Steels

स्थानीय तह निर्वाचनका लागि सत्तासाझेदार दलले तनहुँका सबै पालिकामा सुझाव सङ्कलन गर्ने भएका छन् । आगामी वैशाख ३० गते हुने सो निर्वाचन लागि जिल्लास्तरीय गठबन्धन समितिको आइतबार बसेको बैठकले दशवटै पालिकामा सुझाव सङ्कलन गर्ने निर्णय गरेको हो । 

Muktinath Bank

नेकपा माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकले चार नगरपालिका र छ गाउँपालिकामा पालिकास्तरीय सुझाव सङ्कलन गरी अर्को बैठक वैशाख २ गते बस्ने निर्णय गरेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“गठबन्धनलाई बलियो बनाउनका लागि पालिकास्तरीय सुझाव सङ्कलन गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकले सहमति गरेको छ”, उनले भने, “पालिकास्तरमा बैठक राखेर सुझाव सङ्कलन गर्छौ ।”


Advertisment
Nabil box
Kumari

 कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरिसकेका छन् । बैठकमा कांग्रेस जिल्ला सभापति जितप्रकाश आले,  माओवादी केन्द्रका अध्यक्ष राजेन्द्रकेशरी न्यौपाने,  एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम कार्की लगायतको सहभागिता थियो ।

Vianet communication

यसैगरी निर्वाचनका लागि नेकपा माओवादी म्याग्दे कमिटीले उम्मेदवार सिफारिस गरेको छ । माओवादीले अध्यक्ष, उपाध्यक्ष र सबै वडा कमिटीमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । गाउँपालिकाको अध्यक्षमा दिलीपकुमार श्रेष्ठ र उपाध्यक्षमा जमुना अधिकारी सिफारिस भएका छन् । यस्तै वडा नम्बर १ मा टेकबहादुर रसाइली, २ मा तिलक थापा, ३ मा शोभाकर दाहाल, ४ मा राजु राना, ५ मा विशाल विक, ६ मा प्रकाश भण्डारी र ७ मा बालकृष्ण श्रेष्ठ सिफारिस भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

जेठ ११, २०७९

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...

जेठ १०, २०७९

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...

कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x