
धरान उपमहानगरपालिका–४ का वडाध्यक्ष मानबहादुर राई नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
गत चुनावमा एमालेबाट विजयी भएका राई शनिवार नेकपा (एस)मा प्रवेश गरेका हुन् ।
उनलाई नेकपा (एस)का केन्द्रीय सदस्य जीवन राईले पाटी प्रवेश गराए । राईले वडाध्यक्ष पदबाट समेत शुक्रवार राजीनामा दिएका थिए ।
आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धरान उपमहानगरपालिकामा चार दलीय गठबन्धनबीच सहमति हुँदा धरानमा ४ नम्बर वडा समाजवादीको भागमा परेको थियो ।
नेपाली कांग्रेसले प्रमुखसहित वडा नम्बर १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ को अध्यक्ष र नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित वडा नम्बर ३, १५, १७ र २० को अध्यक्ष पाउने भएको छ ।
यसै गरी जनता समाजवादी पार्टीले वडा नम्बर १० र १९ पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउने गरी सहमति भएको थियो ।