जेठ १६, २०८०
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
बैशाख १६, २०७९
काठमाडौंमा पत्रकार र लेखकको पहिचान स्थापित गरेका गिरीश गिरी वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हलो चिह्न उम्मेदवार बनेका उनी वीरगञ्जको गर्मी नभनी व्यापक चुनावी अभियानमा छन् ।
चुनाव प्रचारकै क्रममा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर–१ छप्कैयामा गिरीलाई हामीले भेटका थियौं । दुई छोराहरूलाई साथमा लिएर सामान्य शैलीको चुनावी प्रचार अभियानमा उनी भेटिएका थिए ।
खर्च नगरी चुनावी अभियान चलाउने र जनतालाई आफ्ना कुरा सुनाउन घरदैलो गर्ने योजनामा रहेका गिरीसँग हामीले चुनावी अभियानकै क्रममा मतदाताकै अगाडि अन्तरवार्ता गर्यौं ।
आजभन्दा १८ वर्ष अगाडि गिरीशका बुवालाई तत्कालीन माओवादीले गोली हानी हत्या गरेको थियो । उनी तत्कालीन राजा ज्ञानेन्द्रले वीरगञ्ज नगरपालिकाको मेयरमा मनोनित गरेका व्यक्ति थिए । मेयर भएकै बेलामा माओवादीले पाँच लाख रुपैयाँ चन्दा मागेको र सार्वजनिक रूपमै दिन अस्वीकार गरेपछि माओवादीहरूले हत्या गरेको गिरीश बताउँछन् । त्यसपछि उनको परिवार वीरगञ्जबाट विस्थापित भयो ।
अन्तरवार्ताका क्रममा वीरगञ्जबाट विस्थापित हुनुपरेको कुरा बताउँदा उनी भक्कानिए । उनका आँखा रसाए । वीरगञ्जबाट विस्थापित हुनुपरेको र अहिले चुनावमा फर्किएको कहानी गिरीशले आशु पुछ्दै सुनाए ।
लामो समयको अन्तरलापछि गिरीश नगरप्रमुखको पदमा चुनाव लड्न आउँदा उनी वीरगञ्जमा चर्चाको विषय बनिरहेका छन् ।
स्थानीय तहको चुनावमा वीरगञ्जमा नेकपा एमालेसँग लोकतान्त्रिक समाजवादी पार्टी र सत्तारूढ गठबन्धनको एकघटक जनता समाजवादी पार्टीबीच मुख्य प्रतिस्पर्धा भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएर गिरीशले स्थानीय चुनावको अंकगणितमा उथलपुथल ल्याउन लागेको बताइँदैछ ।
गिरीशलाई चुनाव लड्न के कुराले प्रेरित गर्यो र मेयरमा निर्वाचित भएपछि उनले नगरवासीको हितका लागि के काम गर्छन् भन्ने विषयको वरिपरि रहेर लोकान्तरकर्मी विन्देश दहाल र उद्धव थापाले उनीसँग कुरा गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
तपाईं लेखन र पत्रकारिता गरिरहेको मान्छे, स्थानीय निर्वाचनमा मेयरको उम्मेदवार बन्ने रहर कसरी आयो ?
म वीरगञ्जमै जन्मेहुर्केको व्यक्ति हुँ । त्यसबाहेक म यहाँको राजनीतिक परिवारको सदस्य हुँ । वीरगञ्जको जग बसालिँदा मेरो हजुरबुवा निर्वाचित प्रतिनिधि हुनुहुन्थ्यो । मेरो बुवा यहाँ पहिले मेयर भइसक्नुभएको थियो ।
मनोनित मेयर भएको बेलामा उहाँसँग तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले पाँच लाख रुपैयाँ चन्दा मागेका थिए । उहाँले जनताको पैसा म दिन सक्दिनँ भन्दा उहाँलाई निर्ममतापूर्वक गोली हानेर हत्या गरियो । त्यसपछि हामी वीरगञ्जबाट पलायन भयौं । अठार वर्ष वीरगञ्जबाहिर काठमाडौंमा बस्न हामी बाध्य भयौं ।
काठमाडौंमा बसेतापनि वीरगञ्जप्रतिको मेरो माया ममता कायम थियो । मैले वीरगञ्ज शीर्षकमा यस शहरको जीवनी लेखेर त्यो ममता दर्शाइसकेको छु ।
मलाई यहाँका स्थानीयहरूले जहिले पनि यहाँ आएर राजनीति नगर्ने भनी सोध्नुहुन्थ्यो । मनोनयन दर्ता गर्नुभन्दा दुई दिनअघि मात्र मलाई मेयरमा उठ्नुपर्यो भनेर राप्रपाको फोन आयो । मैले परिवारको सल्लाह लिँदा सुरक्षित रहनुहुन्छ भने मात्र उठ्नुहोला भन्ने कुरा आयो । म छुट्टै क्षेत्रमा काम गरिरहेको मान्छे, मलाई राप्रपाले विश्वास गरेर राजनीतिमा ल्यायो ।
राप्रपा अध्यक्षको फोन नआएको भए तपाईं चुनाव लड्ने मनस्थितिमा हुनुहुँदैनथियो ?
थिइनँ । मलाई त लेखन क्षेत्रमै रुचि थियो । त्यसमाथि अहिलेको राजनीति एकदमै खर्चिलो भइसकेको छ । म पत्रकार मान्छे, त्यसमा पनि अहिले जागिर छाडेर बसेको छु ।
म चुनावमा खर्च गर्न सक्ने स्थितिमा छैन । तर राजेन्द्र लिङ्देनले हाम्रो पार्टीको नीति नै भ्रष्टाचाररहित निर्वाचन लड्ने भन्नुभयो ।
भ्रष्टाचार गर्नु आमाको रगत खाएबराबर हो, यही सन्देश बोकेर तपाईंले चुनाव लड्नुस् भन्नुभयो । त्यही सकारात्मक प्रेरणाको बलमा म चुनाव लडिरहेको छु ।
अन्य दलले गठबन्धन गरेर चुनाव लडिरहेका छन् । तपाईं एक्लै राप्रपाको उम्मेदवारको रूपमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । ठूला साँढेको जुधाइमा आफू बाच्छो जस्तो मिचिन्छु भन्ने लागेको छैन ?
गठबन्धनले अनि पैसाले चुनाव जिताउने हैन, जनताको मतले हो । जनमतको कुरा गर्दा मैले वडा नं १ बाट चुनावी अभियान शुरू गरेको छु । यहाँ सबैले मलाई जिताउने भन्नुभएको छ । अन्य वडामा पनि मेरो पक्षमा जनता हुनुहुन्छ । यही जनमतले मलाई जिताउँछ भनी विश्वास लिएको छु ।
कुनै पार्टीमा नलागेर स्वतन्त्र रूपमा उम्मेदवारी दिएको भए झन् सजिलो हुने थियो भन्ने लागेन तपाईंलाई ?
स्वतन्त्र रूपमा म यति ढिलो लड्न आएको भए शायद म जमानत पनि जोगाउन सक्दिनथिएँ होला । संगठनै नभएको मान्छे, म कहाँ गएर कसलाई भेट्न सक्थें र ? त्यसैले एउटा पार्टीको आवश्यकता मलाई पर्थ्यो नै । त्यसमाथि लिङ्देनज्यूले राप्रपा भ्रष्टाचारविरोधी पार्टी हो भनेकाले पनि मलाई आकर्षित गरेको हो ।
अहिले लोकतन्त्रलाई सबभन्दा ठूलो खतरा महंगो चुनावी प्रणालीले पारेको छ । तर राप्रपाले भ्रष्टाचाररहित र कम खर्चमा चुनावी अभियान चलाउने अवसर दिएकाले मलाई यस पार्टीबाट लड्न कुनै दुविधा भएन ।
यस चुनावमा ५० करोड रुपैयाँ खर्च गर्ने भनेर अरू पार्टीका नेताहरूले त घोषणै गर्नुभएको छ । मसँग त त्यति धेरै खर्च गर्ने हैसियत नै छैन । तर मलाई वीरगञ्जको सेवा गर्नुछ र राप्रपाले मलाई त्यसको अवसर दिएको छ ।
मेयर बनेपछि तपाईंले गर्ने कामहरू के–के हुन् ?
वीरगञ्जलाई शिक्षाको केन्द्र बनाउने मेरो योजना छ । अहिले वीरगञ्जको शिक्षास्तर कमजोर भएकाले यहाँका अभिभावकले आफ्ना छोराछोरी पढाउन बाहिर पठाउनुपरेको छ । यहाँको ऐतिहासिक त्रिजुद्ध माध्यमिक विद्यालयलाई पहिलेकै स्तरमा पुर्याउने मेरो लक्ष्य छ ।
शिक्षाबाहेक अन्य क्षेत्रमा ?
वीरगञ्जमा ढल निकासको ठूलो समस्या छ । पानी जम्ने समस्याले शहरलाई सताएको छ । हामीले परम्परागत रूपमा यहाँ बनेका पोखरीहरूको संरक्षण नगरी कंक्रिटाइजेसन गरेकाले अहिलेको समस्या निम्तिएको हो ।
पोखरी हुँदा वर्षामा बढी भएको पानीलाई होल्ड गरेर राख्थ्यो अनि सुक्खाको बेलामा त्यही जमेको पानीले जमीनलाई रिचार्ज गरेर पानी खोज्न धेरै तल जानु नपर्ने गराउँथ्यो ।
अनि पोखरीमा भएको पानीले हामीलाई सुक्खा मौसममा घरायसी काम गर्न पुग्थ्यो । तर अहिले हामीले भएका सबै पोखरी सिध्यायौं । कंक्रिटाइजेसन रोकेर ती पोखरीहरूलाई पुनर्जीवित गर्ने मेरा लक्ष्य रहनेछ ।
अन्य योजनाहरूका बारेमा पनि बताइदिनुहोस् ।
विकास भनेको भिजन हो । मसँग भिजन छ । वीरगञ्जलाई संसारसँग जोड्ने भिजन मैले राखेको छु । ऐतिहासिक महत्त्व बोकेको शहर वीरगञ्जलाई संसारसँग जोडेर स्वायत्त बनाउन म लागिपर्नेछु । काठमाडौंको मुख ताकेर बस्नुपर्ने स्थिति अन्त्य गर्नेछु । वीरगञ्ज देशको आर्थिक राजधानी हो । यसलाई यसको आफ्नो मर्यादामा उभ्याउनु अहिलेको आवश्यकता हो ।
तपाईं मेयर बन्नुभएमा अबको पाँच वर्षमा वीरगञ्ज कस्तो हुनेछ ?
मेरो बुवाले मेयरका रूपमा जम्मा तीन महिना काम गर्न पाउनुभएको थियो । तर त्यस अवधिमा उहाँले गर्नुभएको जति काम त्यसपछि अरू कसैले गर्न सकेन । पाँच वर्ष भनेको त लामै समय हो ।
तपाईंसँग हजुरबुवा र बुवाको राजनीतिक विरासत छ तर व्यक्तिगत राजनीतिक अनुभव छैन भन्ने टिप्पणी गरिँदोरहेछ नि त ।
अहिले राजनीतिक अनुभव भनेर जेलाई भनिन्छ, त्यो ठगी, गुण्डागर्दी, बदमासी र गलतलाई पक्षपोषण गर्ने काम हो । त्यो अनुभव मसँग शून्य छ । तर मेरो सोच र भिजनलाई अनुमोदन गर्ने/नगर्ने जिम्मा वीरगञ्जवासीहरूमा छ । अरूले ठूलाठूला जुलुस निकाल्ने, शहरभरि झण्डा राख्ने काम गरेका छन् । म चाहिँ त्यस्तो अनावश्यक खर्च गर्ने पक्षमा छैन ।
मैले पार्टीलाई पनि भनिसकेको छु, सामान्य खर्चसम्म गर्ने हो । पैसा बाँड्ने काम मबाट हुँदैन । मैले पैसा बाँड्न थालें भने यी ठूला भनिएका दलले मलाई ढलाउनका लागि बहाना पाउनेछन् । म त आफ्नो कुरा लिएर वीरगञ्जका मतदातामाझ जाने हो । उहाँहरूले मेरो कुरालाई अनुमोदन गर्नुभएको दिन नै वास्तविक राजनीति के हो भन्ने कुरा प्रमाणित हुन्छ ।
अहिले गठबन्धन गरिरहेका मुख्य दलहरूलाई तपाईंले कत्तिको बलियो प्रतिस्पर्धी मान्नुभएको छ ?
मैले आफ्ना कोही पनि प्रतिस्पर्धीको बारेमा टिप्पणी गर्दिनँ भनेर संकल्प गरेको छु । वीरगञ्जवासीहरूसँग हात जोडेर म आफ्ना कुरा राख्छु, अरूहरू कस्तो हुनुहुन्छ भनेर म केही भन्दिनँ । मतदाताहरू सचेत हुनुहुन्छ, सबै उम्मेदवारलाई उहाँहरूले चिन्नुभएकै छ । त्यसैले उहाँहरूले नै यसको निर्णय गर्नुहुन्छ ।
चुनावमा कति जति खर्च होला भन्ने तपाईंको अनुमान छ ?
त्यो ठ्याक्कै त थाहा छैन । मैले आफ्नो व्यक्तिगत खर्च नै कम गरेको छु । सानोतिनो पण्डाल लगाउन र चियाचिसो पिलाउनका लागि मात्र खर्च गरेको छु ।
पार्टीले पनि मलाई आर्थिक सहयोग गर्ने स्थिति छैन । वडाध्यक्षमा उठेकाहरू पनि अरू पार्टीले जस्तो व्यापक खर्च गर्न सक्ने हैसियतमा हुनुहुन्न । अनि मैले अघि भनेजस्तै म खर्च गर्नतिर लागें भने मेरा प्रतिस्पर्धीहरूले मेरो खुट्टा काट्ने अवसर पाउनेछन् । त्यसैले म त्यतातिर जाँदै जान्नँ । म धरातल छाडेर माथिमाथि उड्न सक्दिनँ ।
चुनावी प्रचारमा कस्ता उपाय अपनाइरहनुभएको छ ?
म सामाजिक सञ्जालमार्फत जनतासमक्ष आफ्नो कुरा राखिरहेको छु । तपाईंहरू जस्तो मिडियाबाट मलाई सहयोग भइराखेको छ ।
म घरघर गइरहेको छु, आफ्नो कुरा बताइरहेको छु । वीरगञ्ज शहरलाई कहाँ लैजाने हो भनी निर्धारण गर्ने मतदाताहरूले नै हो ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...