×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

EXCLUSIVE : भोट माग्न आएका एमाले उम्मेदवारले मन्त्री आलेकै आमालाई पैसा दिएर हिँडेपछि ...

बैशाख १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गाउँगाउँमा स्थानीय चुनावको माहोल जोडतोडले तातिरहेका बेला उम्मेदवारहरू भोट आकर्षित गर्न अनेक हतकण्डा अपनाउन व्यस्त छन् ।

Muktinath Bank

चुनावी घरदैलोका क्रममा उम्मेदवारहरू मतदाता प्रभावित पार्ने खालका गतिविधि मात्र हैन, पैसा बाँडेर भोट आकर्षित गर्ने होडबाजीमा समेत लागेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँसम्म कि बहालवाला मन्त्रीकै बयोवृद्धा आमाले नै एक उम्मेदवारले भोट माग्न आउँदा आफूलाई पैसा दिएर गएको खुलासा गरेकी छिन् ।


Advertisment
Nabil box
Kumari

चुनावी रिपोर्टिङका लागि लोकान्तरकर्मी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको डोटीस्थित घरमा पुग्दा उनकी आमाले आफूलाई एमालेका उम्मेदवारले भोट माग्न आउँदा पैसा दिएर हिँडेको खुलासा गरेकी हुन् ।

Vianet communication
Laxmi Bank

मन्त्री आलेको गाउँपालिकामा आलेको पार्टी नेकपा (एकीकृत समाजवादी)लाई कमजोर बनाउन एमाले उम्मेदवारले पैसा बाँडेको आरोप उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताको छ ।

डोटीको रुवास्काँडास्थित मन्त्री आलेको पुर्ख्यौली घरमै भेटिएकी ७९ वर्षीया आमा गंगादेवी आलेले आफूलाई एमालेका तर्फबाट जोरायल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षका उम्मेदवार वीरबहादुर दर्लामीले १ हजार दिएर गएको बताइन् ।

‘एमालेका उम्मेदवार चुनावका लागि भोट माग्न आएका थिए, हिँड्ने बेलामा पैसा दिए । मैले चाहिँदैन, लिन्नँ भन्दाभन्दै चिया खानुहोला भनी छाडेर गए,’ उनले भनिन् ।

प्रेम आलेको घर ।

गंगादेवीका अनुसार मन्त्री आलेले घर व्यवहारलाई चाहिने पैसा आफैं दिने गरेका छन् । 

बुवा नभएको र आमा नशा तथा सुगरको बिरामी भएका कारण मन्त्री आले आमालाई भेट्न बेलाबेलामा घर पुग्ने गरेका छन् ।

तीन दिनअगाडि मात्रै पार्टीको कामका लागि जिल्ला आएका आले घर पुगेर फर्किएका थिए । आमा गंगादेवी गाउँमा कान्छा छोरा रुद्र आले मगरसँग बस्दै आएकी छन् ।

आलेका बुवा भारतको बम्बई रेल्वेको सुपरभाइजबाट अवकाशप्राप्त कर्मचारी भएकाले उनको पेन्सन र आफ्नो वृद्धभत्ता समेत गंगादेवीलाई आउँछ ।

प्रेम आलेका भाइ ।

कुनै खाँचो नभए पनि जबरजस्ती पैसा दिएर गएको मन्त्री आलेका भाञ्जा भरत कुँवरले बताए ।

‘चुनावको समय छ । मुमालाई पैसाको खाँचो पनि छैन । पैसा दिनुको उदेश्य के हो स्पष्ट छ नि, प्रभावमा पार्न दिइएको हो,’ कुवँरले लोकान्तरसँग भने ।

अघिल्लो दिन एमाले उम्मेदवारले पैसा दिएकै कारण आलेका घरअगाडि सवारी साधन रोकेर कुरा गर्दैगर्दा भाञ्जा कुँवरले लोकान्तरकर्मीलाई कहाँबाट आएको ? किन आएको भन्दै केहीबेर केरकार गरेका थिए ।

उनले मोबाइलमा भिडियो खिच्दै सोधे, ‘हिजो मात्रै एमाले उम्मेदवारले हजुरआमालाई पैसा दिएर प्रभावित पार्न खोजेका रहेछन् । तपाईंहरूको प्रयोजन पनि के हो ? कसले पठाएर आएको ? किन मन्त्रीकै घर खोज्दै आएको ?’

प्रेम आलेको अर्को घर ।आफूहरू पत्रकार रहेको र मन्त्री सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले घर खोज्दै आएको भनेपछि बल्ल उनी चुप लागे । 

त्यसपछि पैसा दिएको विषयमा प्रतिक्रिया माग्दा वडाध्यक्षका एमाले उम्मेदवार दर्लामीले हामीलाई प्रमाण देखाउन चुनौती दिए । मन्त्री आलेकै घरमा पुगेको र उनकी आमाले बताएको भनेपछि उनले बल्ल पैसा दिएको स्वीकारे ।

‘बुढीआमा हुनुहुन्छ, उहाँलाई भेट्न जाँदा केही लिएर जानुपर्ने थियो, रित्तो हात गएकाले फलफूल किनेर खान पैसा दिएको हुँ,’ उनले भने ।

बुढापाकालाई भेट्न जाँदा अघिपछि पनि आफूले फलफूल लिएर जाने गरेको उनले बताए । दर्लामीले आफू ५ वर्ष विदेश बसेर आएको र गाउँमा फर्केपछि समाजसेवालाई प्राथमिकता दिएको दाबी पनि गरे । 

उनले भने ‘अघि पनि गरीब, दुःखी, बुढाबुढीको सेवा गर्ने, सामाजिक काम गर्न रुचाउने हुँदा उहाँलाई मात्रै नभएर अरू बुढाबुढीलाई भेट्न जाँदा खालि हात जाने गरेको छैन । पैसा बाँडेर मन्त्रीको आमालाई प्रभावित पार्न खोजेको हैन ।’ 

आफूलाई कमजोर बनाउन विपक्षीले अनर्गल प्रचार गरेको उनको आरोप छ । डोटीमा एमालेको प्रभाव राम्रो रहेको भन्दै चुनाव जित्नका लागि आफूलाई पैसा बाँड्नु आवश्यक नरहेको जिकिर समेत उनले गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x