फागुन ३, २०८०
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
बैशाख २१, २०७९
सत्ता गठबन्धनबीच कास्कीको पोखरा महानगरपालिकामा चुनावी तालमेल भएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार बनेका छन् ।
नेकपा एमाले भने एक्लै चुनावी मैदानमा छ । सत्ता गठबन्धनको सामना गर्न एमालेका चुनावी एजेण्डा के छन् ? गठबन्धनको चुनौतीलाई कसरी लिनुभएको छ भनेर लोकान्तरले एमालेका तर्फबाट मेयरका प्रत्यासी कृष्ण थापासँग कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
विगतमा एमालेले चुनाव जितेको ठाउँ पोखरा महानगरमा यसपटक के एजेण्डा र नारा लिएर जनताकोमा जानुभएको छ ?
चुनावका लागि बनाएको घोषणापत्रमा हामीले ‘हाम्रो अभिभारा, स्वच्छ सुन्दर पोखरा । श्रमसीपमा जुटौं, पोखरालाई उठाऔं’ भन्ने मूल थिम समावेश गरेका छौं । यही थिमलाई लिएर हामी चुनाव प्रचारमा जुटेका छौं । पोखरालाई अन्तर्राष्ट्रिय शहरको रूपमा विकास गर्नका लागि ती पूर्वाधार तयार गर्ने एजेन्डा छन् । हाम्रो फोकस भनेको महानगरका बासिन्दाको दैनिक सेवासुविधा लाइनबाट होइन अनलाइनबाट हुनुपर्छ भन्ने हो ।
जनताको कामलाई सर्वसुलभ तथा र गुड गभर्नेन्सका सबै सूचकमा अब्बल बनाउने योजना अगाडि सारेका छौं । भ्रष्टाचार र कमिसनका कुरालाई शून्यमा झारेर जनताका दैनिक सरोकारका कुरा सम्बोधन गर्ने हाम्रो लक्ष्य हुनेछ । विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई आधार बनाएर पोखरालाई सभ्य, सुसंस्कृत नागरिकहरू बसोबास गरेको सुविधासम्पन्न महानगर बनाउने उद्देश्यका साथ घोषणापत्र बनाएका छौं ।
सांसद पदबाट राजीनामा गरेर मेयरको उम्मेदवार बन्नुभयो । मेयरमा के त्यस्तो आकर्षण देख्नुभयो ?
सांसद् आफैँमा आकर्षणको पद हो । नीति निर्माण गर्ने पद हो । तर, म पार्टीको इमान्दार र बफादार कार्यकर्ता भएकाले पार्टीको निर्देशन शिरोपर गर्दै पोखराको मेयरमा उम्मेदवारी दिएँ ।
आफ्नो जन्मभूमि, कर्मभूमि र राजनीति गरेको ठाउँ भएकाले मेयरको उम्मेदवार बनें । विभिन्न संघ संस्थामा आबद्ध रहेको, पोखरालाई निर्माण गर्ने सपना हिजोपनि देखेको हुनाले मेरो एक मात्र सपना या उद्देश्य दिगो विकासका लक्ष्य पच्छ्याउँदै वातावरणीय रूपमा अनुकूल र मानव बसोबासयोग्य विकसित शहर बनाउने हो । यही योजना पूरा गर्न मेयरको उम्मेदवार बनें ।
मेयरका लागि पहिला अर्कै नेताको नाम छानिएको थियो, पछि तपाईंको नाम आयो । दोस्रो विकल्पमा छानिँदा कस्तो अनुभव भयो ?
पार्टीले जस्तोसुकै जिम्मेवारी दिए पनि मैले पूरा गर्दै आएको छु । पार्टीलाई अप्ठ्यारो सल्टाउन भनेर मलाई अध्यक्ष केपी ओली र अन्य नेताहरूले विश्वास गरेर उम्मेदवार बनाउनुभयो । त्यो जिम्मेवारी पूरा गर्छु ।
गठबन्धनलाई पराजित गरेर मेयर जित्नु फलामको च्युरा चपाएसरह छ भन्ने पनि सुनियो नि !
फलामको च्युरा त मैले २०५४ सालमै चपाएको हो, अहिले त सहज छ । गठबन्धनलाई मैले फलामको च्युराको रूपमा लिएको छैन । मेयर जित्नु मेरो लागि पोखराको बासमती चामलको च्युरा चपाएसरह हो ।
त्यति सजिलै गठबन्धनको चुनौती सामना गर्नुहुन्छ ?
गठबन्धन त कागजमा पो छ, यहाँ कहाँ गठबन्धन छ ? वडाहरूमा कांग्रेसका उम्मेदवार छन् । यो गठबन्धनलाई जनताले मन पराएकै छैनन् । यो गठबन्धन जनादेशबाट नभई अदालतको सेटिङका कारण भएकाले जनताले मन पराएका छैनन् । मेरो जीतमा गठबन्धनले फरक पर्दैन ।
हिजो सँगै राजनीति गरेको साथी (नेकपा एसका धनराज आचार्य)सँग चुनावमा प्रतिस्पर्धा गर्दा कस्तो अनुभव भएको छ ?
सँगै हिँडिरहँदा असल मानिस भयो भने त्यो साथी हुन्छ, छुरा हान्न आयो भने साथी हुँदैन नि ! विगतमा विचार मिल्दा सँगै हिँडियो । म चाहन्छु, स्वस्थ्य प्रतिस्पर्धा होस् । गलत ढंगले आउनुभयो भने मेरो रणनीति पनि त्यहीअनुसार हुन्छ ।
तपाईंले मेयर जित्नुभयो भने ५ वर्षपछि पोखरामा के परिवर्तन देख्न पाइन्छ ?
पोखरा भनेको ताल र हिमालको शहर हो । यस्तो कम्बिनेसन भएको शहर संसारमा छैन । पोखरालाई ब्युटिफिकेसन, ग्रिनरी बनाउन चाहन्छौं । सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न चाहन्छौं ।
हाम्रो शहरका नागरिकबाट यहाँ आउने पाहुनासमक्ष बोलीचाली, आनीबानी सभ्य र सुसंस्कृत होस् । पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकसित गर्दै यहाँ आउने कुनैपनि नागरिकले असुरक्षित महशुस नगर्ने बनाउन चाहन्छौं ।
नयाँ विमानस्थलबाट आउनेलाई बसको व्यवस्था गर्ने, पोखरालाई डिजिटलाइज्ड गरेर जनताको सेवामा प्रयोग गर्ने काम गर्न चाहन्छौं । मैले नेतृत्व गर्न पाएमा पोखरामा धेरै सुधार गर्छु ।
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...