×

NMB BANK
NIC ASIA

पेट्रोलको कालोबजारी

बोत्तलवाला ‘पेट्रोल’को कथा: किरानादेखि फेन्सी पसलसम्म बने पम्प !

बैशाख २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाको आईबीआरडी बजार छेउमा नवदुर्गा इम्पेक्स पेट्रोल पम्प छ । पम्पकै अगाडि खानेपानीको १ लिटर बोतलमा पेट्रोल बेच्न राखिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पम्पमा पुग्ने स्थानीयले पेट्रोल नपाउन सक्छन् तर पेट्रोल पम्पसँगैको किराना, जुत्ताचप्पलदेखि जुस पसलसम्ममा भने सधैं पेट्रोल पाइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका सबैजसो तरकारी बजारदेखि स्टेसनरीसम्ममा पनि १ लिटरको बोतलमा पेट्रोल पाइन्छ । यस्तो पेट्रोल पानीको बोतलमा बिर्को नलगाई राखिएको, सडक छेउमा उड्ने धुवाँधुलोमा सजिलै मिश्रण हुने अवस्था हुने गरी लिटरमै १५ रूपैयाँदेखि ९० रूपैयाँसम्म महँगोमा पेट्रोल बिक्री भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

पसलैपिच्छे बोतलमा राखिएको पेट्रोलले यी स्थानहरूमा अत्यावश्यक खाद्यान्नको व्यापारभन्दा पनि बोतलको तेलको व्यापार फस्टाएको देखिन्छ । स्थानीयले नजिकै पेट्रोल पम्पदेखि धनगढीबाट भाँडोमा राखेर लगेको तेल बोतलमा राखेर बेच्ने गरिएको छ । यसरी बोतलमा तेल बेच्नु स्थानीयका लागि सामान्य भइसकेको कञ्चनपुर पुनर्वासका सुनचाँदी व्यवसायी दीपक सुनारले बताए ।

Vianet communication
Laxmi Bank

उनले भने, ‘बोतलमै २०–२० रूपैयाँ फाइदा हुन्छ, छोटो दूरीको यात्रा गर्नेहरूले यही तेल प्रयोग गर्ने गरेका छन् ।’

कञ्चनपुरको डोकेबजारबाट शुरू हुने बोतल पेट्रोल कञ्चनपुरको जिल्लैभरका पसलमा छ्यापछ्याप्ती छ । पेट्रोल पम्पबाट १० किलोमिटरको दूरी १६२ रूपैयाँमा पाइने तेल किराना पसलमा १८२ रूपैयाँसम्ममै सजिलै कारोबार भइरहेको छ ।

स्थानीयका अनुसार पेट्रोल पम्पमा सधैँ  तेल नपाइने भएकाले अप्ठ्यारो पर्दा र आकस्मिक प्रयोजनका लागि मात्रै बोतलमा उपलब्ध तेल उपलब्ध प्रयोग हुने गरेको छ ।

‘पेट्रोल पम्पमा सधैँ तेल पाइँदैन । हामी कहाँ भने बोतलमा राखिरहने र जुनसुकै बेला पनि उपलब्ध हुने भएकाले पनि तेल लिन सवारीसाधन चालक आउने गरेका छन्,’ पुनर्वासका एक उखु जुस व्यापारीले लोकान्तरसँग भने, ‘हामीले त्यहीँ नजिकको पम्पबाट ल्याएर नै यहाँ बेच्ने हो ।’

पम्पमा आएको समयमा छिट्टै सकिने भएकाले स्थानीयले पनि पेट्रोल कालोबजारीबाटै किन्ने गरेको आईबीआरडीका सुन व्यापारी सुनारले बताए । 

उनका अनुसार धनगढी बजारमा आउजाउ गर्ने स्थानीयले बाइक, गाडीमा भरी ट्यांकी तेल हालेर आउने गरेका छन् तर धनगढी काम नहुने स्थानीयले बाध्यतामा २० रूपैयाँ महँगो तिरेर तेल हाल्ने गरेका छन् । 

पेट्रोल पम्प त्यो क्षेत्रमा नयाँ भए पनि पहिलेदेखि चलिआएको अवस्थालाई चिर्न सकेको छैन । आवश्यकताअनुसार पम्पले तेल दिन नसकेका कारण किराना पसलमा अधिक मूल्य तिरेर भए पनि तेल हाल्नुपरेको स्थानीयले बताएका छन् ।

पछिल्लो समयमा युक्रेन र रसियाबीच युद्ध भएयता विश्व बजारमा तेलको मूल्यमा वृद्धि भएसँगै भारतमा डिजेल-पेट्रोलको मूल्य नेपालभन्दा धेरै छ । त्यसकारणले पनि सिमानाका नजिक भएका भारतीयहरू नेपाल आएर तेल हाल्ने गरेका छन् । सरकारले नेपालबाट भारतमा तेलको तस्करी भएको भन्दै सीमा क्षेत्रको १० किलोमिटर भित्रका पेट्रोल पम्पबाट भारतीय नागरिकले ५ लिटरभन्दा धेरै तेल हाल्न नपाउने व्यवस्था गरेको छ ।

अर्को दृश्य कैलालीको धनगढी उपमहानगरपालिकाबाट दक्षिणतर्फ जाँदा भारतीय सीमानाकामा ७५३ नम्बरको जंगे पिल्लर छ । त्यसको अगाडि डोके बजार छ, त्यो बजारको एउटा विशेषता बोतलमा पाइने पेट्रोल हो ।

त्यो बजारका पनि किराना, फलफूल, फेन्सी, चिया तथा रक्सी पसलमा समेत १ लिटर पानीको बोतलमा पेट्रोल पाइन्छ । त्यहाँ फलफूलभन्दा धेरै पेट्रोल बिक्री हुने गरेको स्थानीय व्यापारी बताउँछन् । पछिल्लो समय भारतभन्दा नेपालमा पेट्रोलको भाउ सस्तो भएकाले सीमानाका क्षेत्रमा पेट्रोलको व्यापार हुने गरेको छ । 

स्थानीय फलफूल व्यापारी हरिकला जोशीले बजार टाढा भएकाले बाटोमा सकिनेहरूको लागि यस्तो बोतल सेवा बढी प्रभावकारी भएको बताइन् । 

‘पेट्रोल धेरै बिक्री हुन्छ । उता (भारत) बाट धेरै आउँछन् । उता यताभन्दा महँगो छ,’ हरिकलाले लोकान्तरसँग भनिन्, ‘बाटो हिँड्ने नेपालीले पनि लैजान्छन् ।’

त्यसै कारणले पनि सीमानाका क्षेत्रमा बोतलमा तेल पाइने गरेको स्थानीय किराना व्यापारीले बताए । गड्डाचौकी क्षेत्रमा धनगढीबाट १६२ रूपैयाँमा ल्याएर १८२ रूपैयाँसम्म बिक्री गरेका छन् ।

एक किराना व्यापारीले भने, ‘पेट्रोल धनगढीबाट ल्याउने हो, १५-२० रूपैयाँसम्म नाफा खाएर बेच्छौँ ।’

बाटोमा ओहोरदोहोर गर्नेभन्दा पनि साँझको समयमा भारतीय सवारीसाधन त्यहाँका ग्राहक रहेको स्थानीय व्यापारीहरूले बताए । उनीहरूका अनुसार सरकारी कर्मचारीहरू ओहोरदोहोर गर्ने र नगरपालिकाका कर्मचारी पनि त्यही बाटो हिँड्ने गरे पनि कसैले प्रश्न गरेका छैनन् ।

‘यहाँ त सधैँ यस्तै हो । सरकारी कर्मचारी र नगरपालिकाका मान्छेहरू आउजाउ गर्छन् । खै कसैले केही भनेका छैनन्,’ एक स्थानीय व्यापारी महिलाले भनिन् ।

सुदूरपश्चिमका डडेल्धुरा र डोटीमा पनि बोतलमा पेट्रोल पाउनु सामान्य हो । त्यहाँ पेट्रोल पम्पमा डिजेल पाइने भएकाले पेट्रोल बोतलमा बिक्री गर्ने गरेका छन् । सस्तो मूल्यमा पाउनुपर्ने तेल त्यहाँ गुड्ने सवारीसाधनले महँगो र कम परिणाममा आफ्नो सवारीसाधनमा भर्न बाध्य छन् ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार बोतलमा वा भाँडोमा राखेर कहीँ पनि पेट्रोल बेच्न पाइँदैन । ‘यसरी बोतलमा पेट्रोल बेच्नु अवैध हो, सम्बन्धित स्थानीय प्रशासनले कारबाही गर्नुपर्छ । कहाँ-कहाँ बोतलमा बेचेका छन् भन्दै बोतलको पछिपछि आयल निगम दौडन सक्दैन र खोज्दै हिँड्ने कुरा पनि हुँदैन । हामीले हाम्रा विक्रेताको गुणस्तरको अनुगमनका क्रममा कहीँकतै भेटिए स्थानीय प्रशासनलाई नै कारबाही गर्ने जिम्मा दिएका छाैं । ’

उनका अनुसार बोतलमा बेचिएको पेट्रोलको गुणस्तर हुँदैन भने जतिबेला पनि आगलागी हुन सक्ने जोखिम बढी हुन्छ । उपभोक्तालाई पनि आयल निगमको आधिकारिक विक्रेताबाटै पेट्रोल किन्न आग्रह गर्ने गरिएको छ ।

‘पेट्रोल पम्पको मापदण्ड हुन्छ, सुरक्षा हुन्छ, नियमित अनुगमन पनि हुन्छ । तेलको गुणस्तर कायम गरिएको हुन्छ, त्यसैले बोतलमा तेल बेच्नु अवैध हो । जहाँ भेट्यो, स्थानीय प्रशासनले त्यहीँ कारबाही गर्नुपर्छ,’ उपाध्यायले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x